शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बैशाख ४ गते सोमबार (अप्रिल १७ तारिख) को राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !


  • सोमबार, बैशाख ४ २०८०
89.9K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४५ बि.स.२०८० बैशाख ४ गते साेमबार (इश्वी सन २०२३ अप्रिल १७ तारिख) वैशाख कृष्णपक्ष द्वादशी तिथी पूर्वभाद्रपदा नक्षत्र ब्रह्म याेग तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मुशल याेग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु सोमप्रदोष व्रत, भ.पु. छुमागणेश यात्रा ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । सामान्य खर्चको सम्भाबना रहेको छ । सामाजिक कार्यमा मन जानेछ । सामुहिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढेर जानेछन् ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामान्य स्वास्थ्यमा समस्या आउन सक्छ । अधिक मेहनतबाट मात्रै गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । मानसिक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ता बढ्न सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारबाट खासै सहयोेग नपाइन सकिनेछ । विलासी सामानहरुको खरिद गर्न मन जानेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यको थालनी गर्नका लागि राम्रो रहेको छ । मानसम्मान मिल्ने योग रहेको छ । प्रियजनको सहयोगबाट अपुरा कामहरुमा सफलता प्राप्त हुनेछ । यात्रा गर्ने अवसर आउने छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ । चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । सत्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सभा सम्मेलन जस्ता कार्यमा बढि समय व्यतित गर्नु हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य दरार उत्पन्न हुन सक्नेछ । धैर्य गर्न सक्ने क्षमतामा बृद्धि हुनेछ । आय गर्ने कार्यको थालनी हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । पारिवारिक रुपमा मेलमिलाप हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा