आज श्री शाके १९४५ बि.स.२०७९ चैत्र ३० गते बिहीबार (इश्वी सन २०२३ अप्रिल १३ तारिख) वैशाख कृष्णपक्ष अष्टमी तिथी पूर्वाषाढ नक्षत्र शिव योग वालव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा धाता याेग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु चैत्र मसान्त अष्टमीव्रत, गोरखकालीपूजा भ.पु. विश्वध्वज उत्थान ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक स्वास्थ्य समस्याले सताउनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामान्य झमेलाको सामना गर्नु पर्ने हुनछ । याात्रा गर्दा विशेष ख्याल गर्नुहोला । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । शारिरिक आलस्यताले सताउनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ लगानीबाट दिर्घकालिन फाइदा मिल्नेछ । बौद्धिक व्यक्तिहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । आम्दानी बढ्ने योग रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुको कुरामा बिशेष ध्यान नदिनु होला । साझेदारी लगानी गर्दा सामान्य झण्झड आइपर्न सक्छ । सामुहिक कार्य गर्न मन जानेछ । सामाजिक कार्यमा जुट्ने अबसर प्राप्त हुनेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आय आर्जनमा बृद्धि हुनेछ । बौद्धिक व्यक्तिहरुको संगतले नयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ । सभा सम्मेलन जस्ता कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ । पुराना मित्रहरुसंगको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य आर्थिक अभाब झेल्नु पर्ला । सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनसंगको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरिरहेको कार्यमा झनै सफलता पाइनेछ । नजिकका साथीभाईका कारण अपुरा कार्यहरुमा सफलता पाइनेछ । शारिरिक आलस्यपन हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आय आर्जनका क्षेत्र मध्यम रहेको छ । ब्यापार व्यावसायका लागि उत्तम समय रहेको छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य झमेलामा फसिने अवस्था श्रृजना हुन सक्नेछ । साझेदारी लगानी नगरेकै राम्रो हुनेछ । मान्यजनहरुको सहयोगमा कार्य सफल हुनेछ । आफन्तविच भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार व्यावसायका क्षेत्रमा मध्यम रहेको छ । यात्रा गर्दा विशेष ख्याल पुर्याउनु होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नुको साथै अपुरा कार्यहरु बन्नेछन् । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । नसोचेको व्यक्तिबाट धोका पाइन सकिनेछ । आर्थिक क्षेत्र मध्यम रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोग पाइनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछन् । अरुको विश्वासमा काम नगरेकै बेश हुनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खानपानको गडबढिका कारण स्वास्थमा समस्या देखा पर्न सक्छ । नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।