आज श्री शाके १९४५ बि.स.२०७९ चैत्र २६ गते आइतबार (इश्वी सन २०२३ अप्रिल ९ तारिख) वैशाख कृष्णपक्ष तृतीया तिथी विशाखा नक्षत्र सिद्धि योग भद्रा करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चीक राशिमा आनन्दादि योगमा उत्पात योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु साँखु यात्रा, शकोयात, स्वामी शशिधर जन्मजयन्ती ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोगले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । आय मुलक कार्यको सुरुवात हुनेछ । पारिवारिक मेलमिलापको स्थिती बन्नेछ । दाम्पत्य जीवनमा खटपट आउन सक्नेछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । अर्काको खुसिको लागी अनावश्यक समय जान सक्छ । आफन्त जनहरुबाट खासै सहयाेग नहुन सक्छ । खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्धात्मक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । साझेदारी कार्यमा हात नहालेकै राम्रो होला । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरिक आलस्यताले सताउन सक्छ । बिलासी सामान खरिद गर्न मन लाग्ने छ । मन प्रशन्न रहला । कार्यप्रतिको लगनसिलतामा बृद्धि हुनेछ । आम्दानि क्षेत्र मध्यम रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेता पनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खबरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो आउनेछ । मित्रजनसंगको सम्बन्धमा दुरी बढ्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिश्वासिला मानिसहरुबाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । परिवारमा केही खटपटकाे स्थिति बन्न सक्छ । आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्न मन लाग्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्रजनहरुसंगकाे भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । कार्यक्षेत्रमा सफलता हात पार्ने याेग रहेको छ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्य सम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलीलाई फाइदा रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जीवनसाथीको सहयोगमा गरिएको काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेको छ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । एक्लोपनको महसुस हुन सक्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै राम्रो हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । बाह्य काममा बढि समय बिताउन मन जानेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ ।