बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

चैत्र ८ गते बुधबार (मार्च २२ तारिख) को राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • मंगलबार, चैत्र ७ २०७९
70.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ चैत्र ८ गते बुधबार (इश्वी सन २०२३ मार्च २२ तारिख) चैत्र शुक्ल पक्ष प्रतिपदा तिथी उत्तरभाद्रपदा नक्षत्र शुक्ल योग किंस्तुघ्न करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा लुम्ब योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु चोभारमा आदिनाथ स्नान, विश्व जल दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । नयाँ कार्यका लागि आटँ र साहशको कमी आउन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा बढि मन जानेछ । सभा सम्मेलन जस्ता कार्यबाट मान सम्मान मिल्नेछ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पूराना मित्रजनहरुसंगको भेटघाटले मन हर्षित रहला । सभा सम्मेलनमा मान सम्मान मिल्नेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजनको साथ प्राप्त हुनेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । बिश्वास गरिएका व्यक्तिहरुबाट धोका हुन सक्नेछ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य जीवनमा कलह रहने सम्भाबना रहन सक्छ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोग काम बन्ने योग बनेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि मध्यम रहनेछ । बिलासी सामान खरिद गर्न मन जानेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहेको छ । साथीभाईका कारण बिग्रन लागेको कार्य सफल हुनेछ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । प्रतियोगितात्म गतिविधिमा सफलता पाउन मुस्किल पर्नेछ । साथीभाईसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अधिक मेहनतबाट कार्य सफल हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य खर्च हुने योग रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुन सक्नेछ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । पारिवारिक सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तहरुसंग दुरी बढ्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरुसंगको भेटघाटले मन हर्षित रहला । सभासम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य यात्राकारक दिन रहनेछ । नजिकका व्यक्तिहरुसंग सामान्य बादबिवादको योग रहेको छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सभा सम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारी साधनको प्रयोगमा साबधान रहनु होला । अरुका कारण अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा