बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

चैत्र ५ गते आइतबार (मार्च १९ तारिख) को राशिफल हेर्नुहोस्, पाथीभरा माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • शनिबार, चैत्र ४ २०७९
84.2K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स. २०७९ चैत्र ५ गते आइतबार (इश्वी सन २०२३ मार्च १९ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक झमेलामा परिनेछ । मान, सम्मान प्राप्त हुने योग रहेको छ । नयाँ कार्य गर्नका निम्ति मन जानेछ । विलासी सामान खरिद गर्न मन जानेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । सहि निर्णय लिन कठिनाई हुनेछ । ब्यापार ब्यावसायमा थप सुधार आउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा बृद्धि आउनेछ । गरिरहेको कार्यमा थप सफलता मिल्नेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । पारिवारि सहयोगमा कमी आउला । मनोरञ्जनात्मक क्रियाकलापमा बढि समय ब्यतित होला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ब्यापार ब्यावसायमा मनग्य आम्दानी हुनेछ । बोलीको प्रभावमा कमी आउनेछ । कार्य क्षेत्रमा सामान्य झण्झट आइपर्न सक्नेछ । आफुले गरेको कार्यको अरुले नै जस लिन सक्नेछन् । कार्य सम्पादनमा ढिलाई हुनेछ । शारिरिक आलस्यताले सताउला । खानपानमा विशेष ध्यान दिनुहोला । सामान्यतया खर्च बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य क्षेत्रमा घमण्ड गर्नाले सहकर्मीहरुका खासै सहयोग प्राप्त नहोला । दाजुभाई बिचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । बोलीको प्रभावमा कमी आउनेछ । प्रतिस्पर्धात्म कार्यमा सफल हुन अधिक मेहनत गर्नु पर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रा गर्दा एक्लोपनको महसुस हुनेछ । मनमा चञ्चलपन र उत्साह बढ्नेछ । सामाजिक कार्य गर्न अवसर प्राप्त हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउने सक्नेछ, खानपानमा ध्यान दिनुहोला । नयाँ साथीभाई बनाउने योग रहेको छ । निर्णय लिने क्षमतामा कमी आउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभावमा बृद्धि हुनेछ । नयाँ कार्य गर्नका निम्ति आट, शाहस बढ्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता हाल पर्नेछ । मनमा चञ्चलपन आउनछे । गरिरहेको कार्यमा सफल हुन अधिक मेहनत गर्नु पर्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यबाट सहयोग मिल्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । आय आर्जनमा बृद्धि हुनेछ । नयाँ कार्य गर्नका लागि मन जानेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफुभन्दा साना व्यक्तिहरुको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमी आउनेछ । सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तहरुबिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ, सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । शारिरिक आलस्यता सताउनेछ । ब्यापार ब्याबसायका निम्ति उत्तम समय रहेको छ । यात्रा गर्दा विशेष ध्यान दिनु होला । सभा, सम्मेलन जस्ता क्रियाकलापमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुराना साथीभाईसंगको भेटघाटले मन प्रशन्न हुनेछ । मान्यजनको सहयोगबाट अधुरा कार्यमा सफलता प्राप्त हुनेछ । खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । बोलीको प्रभावमा बृद्धि हुनेछ । बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । फाइदामुलक यात्रा हुन सक्नेछ । आय आर्जनका क्षेत्रमा बृद्धि हुने योग रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा बढि समय ब्यतित हुनेछ । बोलीको प्रभाव बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्नेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । परिवारका सदस्यको सहयोगमा कमी महसुस हुनेछ । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्ने अवसर प्राप्त हुनेछ । खर्च बढ्नेछ । नयाँ कार्यका लागि आट, शाहस प्राप्त हुनेछ । आफन्तहरुसंग भेटघाट हुनेछ । पारिवारिक माहोलमा बढि सयम ब्यतित हुनेछ । कार्य सम्पादनमा ढिलाई हुनेछ । कार्य क्षेत्रमा सामान्य अपजस सहनु पर्ने हुन्छ । नयाँ साथीभाई बन्ने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा