आज श्री शाके १९४४ बि.स.२०७९ चैत्र १ गते बुधबार (इश्वी सन २०२३ मार्च १५ तारिख) चैत्र कृष्ण पक्ष अष्टमी तिथी मूल नक्षत्र सिद्धि योग कौलव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु चैत्र संक्रान्ति गोरखकालीपूजा शितलाष्ठमी बासेरा ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको प्रभावमा बृद्धि हुनेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सवारी साधन चलाउँदा विशेष ख्याल पुर्याउनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नेतृत्व लिने क्षमतामा बृद्धि आउनेछ । ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य प्रतिको लगनसिलतामा बृद्धि हुनेछ । आम्दानीको क्षेत्रमा मध्यम रहेको छ । इष्टमित्र भेटघाटको अवसर प्राप्त हुनेछ । सामान्य खर्च बढ्नेछ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौद्धिक क्षेत्रका ब्यतित्वहरुसंगको संगतबाट मन प्रशन्न रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्धमा दुरी आउन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेको छ । साझेदारी लगानीको गरिरहेको कार्यमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीका कारण आफन्तहरुसंगको सम्बन्धमा दुरी बढ्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तत्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ला । प्रतिस्र्धात्म कार्यमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मनोबिलासी साधनको खरिद गर्न मन जानेछ । बोलीको प्रभावमा कमी आउनेछ । दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ब्यापार ब्यावसायमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । मित्रजनहरुबाट साथ, सहयोग पाउनु हुनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ । साझेदारी लगानीका लागि नसोचेकै बेश हुनेछ । प्रेम सम्बन्धमा थप सुधार आउनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)जीवनसाथीसंगको सम्बन्धमा थप सुधार आउनेछ । आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्नेछ । बिलासीको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आय मुलक नयाँ कार्यको थालनि हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य तिक्तता आउन सक्नेछ । परिवारको खासै सहयोग पाइने छैन । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोगबाट सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक सहयोगबाट गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । एक्लोपनको महसुस हुनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । नउठेको पैसा उठाउनका लागि उत्तम समय रहेको छ । साथीभाईको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्धात्मक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ ।