बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

एन्फामा बबण्डर : फिफा कंग्रेसमा हिँडेका उपाध्यक्ष विमानस्थलबाटै फर्किनुपरेपछि…


  • KTM Khabar
  • सोमबार, फाल्गुन २९ २०७९
6.6K
SHARES

विश्व फुटबल महासंघ (फिफा)को कंग्रेसमा भाग लिन हिँडेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाही त्रिभुवन विमानस्थलबाटै फर्किएका छन् ।

सोमबार परिवारसँग विदाइ भएर उनी एयरपोर्ट पुगे । तर उनले एयरपोर्टभित्र चेकिङ काउन्टरमा पुगेपछि मात्रै थाहा पाए उनको नाम त हटाइसकेको रहेछ । उनको नाममा टिकट र भिसासमेत आइसकेको थियो । उनी फिफा कंग्रेसका लागि प्रस्थान गर्नु मात्रै बाँकी थियो । आखिर किन जान पाएनन् उनी ?

एन्फा उपाध्यक्ष शाही भन्छन्, ‘आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनुपर्‍याे । त्यसका लागि एन्फा अध्यक्ष ज्यू (पंकज विक्रम नेम्वाङ) लाई धेरै धेरै धन्यवाद । फिफा कंग्रेसमा जानका लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाएको थियो । जसअनुसार मेरो नाममा टिकट र भिसा पनि आयो र जाने तयारी पनि गरेँ । फिफा प्रतिनिधिको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिएँ ।’

एयरपोर्टबाट फर्किएपछि आक्रोसित उनले निकालेको प्रेस विज्ञप्तिमा भनेका छन्, ‘आज घरबाट श्रीमती र घरपरिवारबाट विदा भई एयरपोर्ट गएँ । चेकिङ काउन्टरमा गएपछि थाहा पाएँ मेरो नाम त हटाइसकिएको रहेछ । हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन । घरबाट बिदावारी भएर गइसकेको व्यक्तिले घरमा गएर के भन्ने ?’

त्यसो त, एन्फा चुनावमा उपाध्यक्ष शाहीले पनि निर्वाचित अध्यक्ष नेम्वाङलाई सघाएका थिए । तर पछिल्लो समयमा एन्फा कार्यसमितिमै बेमेलको वाताबरण बनेको छ । विराटजंग शाहीसहित तीन उपाध्यक्ष र सदस्य गरी ११ जनाले गएको एन्फा कार्यसमिति बैठक बहिस्कार गरेका थिए ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा