शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

फागुन ८ गते सोमबार (फेब्रुवरी २० तारिख) को राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !


  • आइतबार, फाल्गुन ७ २०७९
6.8K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स. २०७९ फागुन ८ गते सोमबार (इश्वी सन २०२३ फेब्रुवरी २० तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सुख प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । बोलीको प्रभावमा बृद्धि आउनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारबाट टाढा भएको महसुस हुनेछ । यात्रा गर्न विशेष ध्यान दिनुहोला । खानपानका कारण सामान्य स्वास्थ्यमा समस्या देखा पर्न सक्दछ । सामुहिक कार्य गर्न मन जानेछ । प्रतियोगितात्मक कार्यमा सफलता पाउनका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनको क्षेत्रमा राम्रो रहेको छ । साथीभाईहरुसंगको सम्बन्धमा सामान्य मनमुटावको स्थिति बन्न सक्नेछ । अरुका कारण काममा अपजस आइपर्न सक्नेछ । नजिकका व्यक्तिहरुको धोका दिन सक्ने छन् । मान्यजनहरुको सल्लाहमा गरिएको कार्यमा सफलता पाउनु हुनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्रजनहरुको साथ सहयोग मिल्नेछ । आफन्तजनसंगको भेटघाटमा मन प्रशन्न रहनेछ । नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्य कुशलताले मान्यजनहरुको मन जित्न सफल भइनेछ । अध्यन अध्यापनमा निकै राम्रो समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आट, साहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । वाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शारिरिक आलस्यताले सताउन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाईहरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य अपजस आईपर्ने सम्भाबना रहेको छ । नयाँ कार्यका लागि आट, शाहसमा कमी आउनेछ । बोलीको प्रभावमा कमी आउनेछ । पठनपाठनमा राम्रो समय रहेको छ । सभा सम्मेलन जस्ता कार्यक्रमहरुमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समान्य झण्झड आउन सक्नेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा