आज श्री शाके १९४४ बि.स.२०७९ फागुन ३ गते बुधबार (इश्वी सन २०२३ फेब्रुवरी १५ तारिख) फागुन कृष्ण पक्ष दशमी तिथी ज्येष्ठा नक्षत्र हर्षण योग वणिज करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा ध्वाक्ष योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ईष्ट मित्र बिच सामान्य बादबिवादको स्थिती बन्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार आउनेछ । सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतको कदर हुने योग रहेको छ । साथिभाईको साथ, सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा बृद्धि आउनेछ । सामुहिक कार्य गर्न मन जानेछ । मान्यजनको साथ सहयोगबाट कार्यमा सफलता पाउनु हुनेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम्पत्य शुखमा कमि आउनेछ। मान्यजनको साथ प्राप्त हुनेछ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
क्रोधको कारण मानसिक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । प्रियजनहरुको साथ, सहयोगबाट कार्य सफल हुनेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाईसंगको सम्बन्धमा दुरी बढ्न सक्नेछ । पारिवारिक साथ, सहयोगबाट अधुरा कार्य पुरा हुनेछ । भौतिक श्रोतसाधनको प्रयोगमा बढि सयम व्यत्तित हुनेछ । काममा ढिला सुस्ति हुन सक्नेछ । गैरब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । ब्यापार ब्यवसायका लागि ठिकै रहेको छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान्यजनको साथ सहयोगद्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ । नयाँ कार्यको थालनी गर्ने योग रहेको छ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । प्रियजन बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिद्धान व्यक्तिहरुसंग घुलमिल हुने अवसर प्राप्त हुनेछ । सामान्य यात्राको अवसर आउनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । पारिवारिक साथ, सहयोग मिल्नेछ । रचनात्मक कार्य गर्न मन जानेछ । नयाँ कार्य थालनिका निम्ती समयले बिशेष साथ दिनेछ । साझेदारी कामबाट लाभ मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउनेछ । गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारको साथ, सहयोगमा कमी भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक मनोरञ्जनका क्षेत्रमा बढि समय व्यतित हुनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । कुरा काट्नेहरुको संख्या बढ्न सक्नेछ । बिलासी सामान खरिद गर्ने योग रहेको छ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विश्वास गरिएका पात्रबाट धोका पाउनु हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । जीवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।