बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

माघ २० गते शुक्रबार (फेब्रुवरी ३ तारिख) को राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बिहिबार, माघ १९ २०७९
874
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ माघ २० गते शुक्रबार (इश्वी सन २०२३ फेब्रुवरी ३ तारिख) माघ शुक्ल पक्ष त्रयोदशी तिथी पुनर्वशु नक्षत्र विष्कुम्भ योग तैतिल करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा पद्म योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु सौभाग्यसूर्पदान ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । चिन्ता बढ्न सक्नेछ । परिवारको सल्लाहमा गरिएको कार्यमा भने सफलता पाउनु हुनेछ । धार्मिक यात्रा गर्न मन जानेछ । मित्र तथा दाजुभाईहरुसंगको सम्बन्धमा दुरी बढ्न सक्दछ । अरुको कारण आफुलाई अपजस आइपर्न सक्दछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा गर्दा विशेष ख्याल गर्नुहोला । भौतिक साधनको प्रयोगमा मन जानेछ । आफन्तहरुसंगको सम्बन्धमा सामान्य मनमुटाव हुन सक्नेछ । आम्दानी क्षेत्र मध्यम रहेको छ । नजिकका व्यक्तिबाट धोका हुनेछ । खानपानका कारण सामान्य स्वास्थ्यमा समस्या आउन सक्नेछ । मनमा डर, त्रास बढ्न सक्दछ ।

 

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मान्यजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आम्दानीको क्षेत्र मध्यम रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । आजको लगानीबाट लामो समयसम्मको लागि फाइदा हुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक क्षेत्रमा सबल बन्ने अवसर पाउनु हुनेछ । नयाँ लगानी गर्नाले दिर्घकालिन फाइदा हुनेछ । बौद्धिक जमातसंगको भेटघाटमा बढि समय व्यतित हुने छ । आफुभन्दा साना व्यक्तिहरुबाट सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो रहेको छ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । साथीभाईबाट साथ सहयोग प्राप्त हुनेछ । सन्तान सुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दाजु भाई तथा इष्ट मित्रसंगको सम्बन्धमा सुधार आउनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानी गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । एक्कासी रिस उठ्ने हुन सक्नेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीमा मधुरता छाउनाले प्रतिस्पर्धिहरु शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । सामुहिक कार्य गर्न मन जानेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । मान सम्मान प्राप्त हुने योग रहेको छ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्नेछ । शत्रु बढ्नेछन् । बोलीको प्रभावमा कमी आउनेछ । सामाजिक कार्य गर्न मन जानेछ । अकस्मात खर्च हुने सम्भावना रहेको छ । गरिरहेको कार्यमा सामान्य झण्झट आइपर्न सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आइपर्न सक्नेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधनको प्रयोगमा बढि मन जानेछ । सामुहिक कार्य गर्न मन जानेछ । सामाजिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । शारिरिक आलस्यपनले सामान्य सताउने छ । पारिवारिक माहोलमा बस्दा मन आनन्दित हुनेछ । दाजुभाईबाट साथ, सहयोग पाउनु हुनेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार ब्यावसायमा राम्रो रहेको छ । निर्णय लिने क्षमतको बृद्धि हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ । विलासी सामान खरिद गर्न मन जानेछ । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । बोलीको प्रभाव बढ्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढनेछ । अध्ययन अध्यापनका लागि राम्रो समय रहेको छ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । गरिरहेको कार्यमा सफलता पाउन अधिक मेहनत गर्नु पर्ने हुन्छ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा