बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

माघ १८ गते बुधबार (फेब्रुवरी १ तारिख) को राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • मंगलबार, माघ १७ २०७९
6.2K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ माघ १८ गते बुधबार (इश्वी सन २०२३ फेब्रुवरी १ तारिख) माघ शुक्ल पक्ष एकादशी तिथी मृगशिरा नक्षत्र ऐन्द्र योग वव करण चन्द्रमा बृष राशिमा पश्चात मिथुन राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु भीमाएकादशीव्रत ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । परिस्थिती अनुसार आफुलाई उभ्याउन सक्नु हुनेछ । शारिरिक आलस्यताले सताउने छ । मध्य दिन पछि ब्यापार ब्यावसायमा राम्रो हुनेछ । परिवारको साथ, सहयोग पाउनु हुनेछ । खानपानका विशेष ख्याल गर्नुहोला । सकारात्म सोचको विकास हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौद्धिक व्यक्तिहरु संगको भेटघाटमा बढि समय व्यत्तित हुनेछ । सभा सम्मेलनमा मान सम्मान मिल्नेछ । गरिरहेको कार्य गर्न मन नजान सक्दछ । वेवास्ता गर्नाले आफन्तजनहरुसंगको सम्बन्धमा दरार उत्पन्न हुन सक्दछ । परिवारको सल्लाहमा गरिएको कार्यमा सफलता पाउनु हुनेछ । नसोचेको व्यक्तिबाट धोका हुन सक्दछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्रजनहरुसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइहरुसंग दुरी बढ्नेछ । मनोरञ्जरको क्षेत्रमा बढि समय व्यतित हुनेछ । सामाजिक कार्य गर्न मन जानेछ । सामुहिक कार्य गर्न मन जानेछ । सकारात्मक सोचको विकास हुनेछ । आज गरेको लगानीबाट दिर्घकालिन फाइदा हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नजिकका मित्रजनहरु बिचको सम्बन्धमा दुरी बढ्नेछ। भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परिवारमा बिताएको समय फाईदा जनक रहला । पढाईको क्षेत्रमा राम्रो रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले सामान्य तनाब बढ्न सक्दछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामुहिक कार्य गर्न मन जानेछ । साथीभाईहरुको सहयोगबाट अपुरा कार्य पुरा हुनेछ । विश्वास गरिएका व्यक्तिबाट धोका हुन सक्दछ । प्रतियोगितात्मक गतिविधिमा सफलता प्राप्त गर्नु हुनेछ । परिवारबाट टाढा रहनु पर्ने हुन सक्दछ । आर्थिक अभावको सामान्य सामना गर्नु पर्ने हुन सक्दछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिबनसाथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारबाट सहयोग मिल्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित हुनेछ । साझेदारी लगानीमा गरेको कार्यमा समस्या उत्पन्न हुन सक्दछ । नयाँ कार्य थालनीका लागि आट आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या आउन सक्दछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथि भाईहरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौद्धिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्यको थालनी गर्ने योग रहेको छ । अपुरा कार्य पुरा हुनेछन् । दाम्पत्य जीवनमा सामान्य खटपट उत्पन्न हुन सक्दछ । परिवारसंग दुरी बढ्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन सक्दछ । मान्यजनहरुबाट सहयोग पाइनेछ । मित्रजनहरुसंगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन पाठनमा राम्रो रहेको छ । कार्य सफल गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । रचनात्मक कार्य गर्न मन जानेछ । आज गरेको लगानीबाट दिर्घकालिन फाइदा हुनेछ । एक्लै बस्न मन लाग्नेछ । मान्यजनहरुको सहयोगबाट अपुरा कार्यहरुमा सफलता पाउनु हुनेछ । प्रतिस्पर्धामा गतिविधिमा सफलता पाउनु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा