आइतबार, माघ २२ २०७९
ताजा अपडेट

हेर्नुहोस् माघ ९ गते सोमबार (जनवरी २३ तारिख) को राशिफल, पशुपतिनाथले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • आइतबार, माघ ८ २०७९
5.4K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स.२०७९ माघ ९ गते सोमबार (इश्वी सन २०२३ जनवरी २३ तारिख) माघ शुक्ल पक्ष द्वितीया तिथी धनिष्ठा नक्षत्र सिद्धि योग कौलव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ । सामान्य स्वास्थ्यमा समस्या आउन सक्छ । अधिक मेहनतबाट मात्रै गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ ।मानसिक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ता बढ्न सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाई, इष्टमित्रहरुसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । मान्यजनहरुको सहयोगबाट अपुरा कार्यमा सफलता पाउनु हुनेछ । ब्यापार ब्याबसायका लागि साझेदारी कार्य गर्न खासै राम्रो नहुन सक्दछ । नयाँ कार्यमा लगानी गर्नका लागि उत्तम समय रहेको छ । आफुभन्दा सानाबाट गरेको कार्यमा सफलता पाउनु हुनेछ । बोलीको प्रभाव बृद्धि हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ ।आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलेको कुराको गलत अर्थ लाग्नाले परिवारसंगको सम्बन्धमा मनमुटाव हुन सक्दछ । भौतिक साधनको प्रयोगमा रुची बढ्नेछ । सामाजिक कार्यमा जुट्ने अवसर पाउनु हुनेछ । गरिरहेको कार्यक्रमा सामान्य झण्झटपनको अवस्था श्रृजना हुन सक्दछ । मान्यजनहरुको सम्बन्धमा दुरी बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यको थालनी गर्नका लागि राम्रो रहेको छ ।मानसम्मान मिल्ने योग रहेको छ । प्रियजनको सहयोगबाट अपुरा कामहरुमा सफलता प्राप्त हुनेछ । यात्रा गर्ने अवसर आउने छ । परिवारबाट खासै सहयोेग नपाइन सकिनेछ । विलासी सामानहरुको खरिद गर्न मन जानेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ब्यक्तिव विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाईहरुसंग टाढिन सक्नु हुनेछ । नसोचेको व्यक्तिबाट धोका पाउन सक्नु हुनेछ । मनोरञ्जन मुल कार्यमा मन जानेछ । गरिरहेका कार्य गर्न मन जाने छैन । सामान्य खर्च बढ्न सक्दछ । समुहगत कार्यमा मन जानेछ । कार्य गर्नका लागि आट, शाहस बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धैर्य गर्न सक्ने क्षमतामा बृद्धि हुनेछ । आय गर्ने कार्यको थालनी हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । पारिवारिक रुपमा मेलमिलाप हुनेछ । सभा सम्मेलन जस्ता कार्यमा बढि समय व्यतित गर्नु हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य दरार उत्पन्न हुन सक्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा