सोमबार, माघ २३ २०७९
ताजा अपडेट

हेर्नुहोस् माघ ६ गते शुक्रबार (जनवरी २० तारिख) को राशिफल, मुक्तिनाथले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बिहिबार, माघ ५ २०७९
5.6K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ माघ ६ गते शुक्रबार (इश्वी सन २०२३ जनवरी २० तारिख) माघ कृष्ण पक्ष त्रयोदशी तिथी पश्चात चतुर्दशी तिथी मूल नक्षत्र व्याघात योग भद्रा करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु लैचह्रे पूजा ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । सामुहिक कार्य गर्न मन जानेछ । मान्यजनको साथ सहयोगबाट कार्यमा सफलता पाउनु हुनेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउनेछ । गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नु पर्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । जीवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । विश्वास गरिएका पात्रबाट धोका पाउनु हुनेछ । सामान्य खर्च हुने योग रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान्यजनको साथ सहयोगद्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ । नयाँ कार्यको थालनी गर्ने योग रहेको छ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । प्रियजन बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ ।

तुला राशि (र,रि, रु, रे, रो, ता, ति, तु, ते)
सामुहिक कार्य गर्न मन जानेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । परिवारको साथ, सहयोगमा कमी भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । सामान्य यात्राको अवसर प्राप्त हुनेछ । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । प्रियजनहरुको साथ, सहयोगबाट कार्य सफल हुनेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसिक चिन्ता रहन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम्पत्य शुखमा कमि आउनेछ। मान्यजनको साथ प्राप्त हुनेछ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । ईष्ट मित्र बिच सामान्य बादबिवादको स्थिती बन्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । कुरा काट्नेहरुको संख्या बढ्न सक्नेछ । बिलासी सामान खरिद गर्ने योग रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा बढि समय व्यतित हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा