शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् माघ ३ गते मंगलबार (जनवरी १७ तारिख) को राशिफल, गणेश भगवानले सबैको रक्षा गरुन् !


  • सोमबार, माघ २ २०७९
13.9K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ माघ ३ गते मंगलबार (इश्वी सन २०२३ जनवरी १७ तारिख) माघ कृष्ण पक्ष दशमी तिथी विशाखा नक्षत्र गण्ड योग वव करण चन्द्रमा तुला राशिमा पश्चात बृश्चिक राशिमा आनन्दादि योगमा श्रीवत्स योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुरा काट्नेहरुको संख्या बढेर जानेछन् । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । सामान्य खर्चको सम्भाबना रहेको छ । सामाजिक कार्यमा मन जानेछ । सामुहिक कार्यमा बढि समय खपत हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यको थालनी गर्नका लागि राम्रो रहेको छ । मानसम्मान मिल्ने योग रहेको छ । प्रियजनको सहयोगबाट अपुरा कामहरुमा सफलता प्राप्त हुनेछ । यात्रा गर्ने अवसर आउने छ । परिवारबाट खासै सहयोेग नपाइन सकिनेछ । विलासी सामानहरुको खरिद गर्न मन जानेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव विकासमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ । मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ । चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ । नजिकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । सत्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धैर्य गर्न सक्ने क्षमतामा बृद्धि हुनेछ । आय गर्ने कार्यको थालनी हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । पारिवारिक रुपमा मेलमिलाप हुनेछ । सभा सम्मेलन जस्ता कार्यमा बढि समय व्यतित गर्नु हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य दरार उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ । सामान्य स्वास्थ्यमा समस्या आउन सक्छ । अधिक मेहनतबाट मात्रै गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । मानसिक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ता बढ्न सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा