मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

हेर्नुहोस् पुस २९ गते शुक्रबार (जनवरी १३ तारिख) को राशिफल, पाथीभरा माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बिहिबार, पुष २८ २०७९
5.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ पुस २९ गते शुक्रबार (इश्वी सन २०२३ जनवरी १३ तारिख) माघ कृष्ण पक्ष षष्ठी तिथी उत्तरफाल्गुनी नक्षत्र शोभन योग वणिज करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अध्यन अध्यापनमा निकै राम्रो समय रहेको छ । मित्रजनहरुको साथ सहयोग मिल्नेछ । आफन्तजनसंगको भेटघाटमा मन प्रशन्न रहनेछ । नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्य कुशलताले मान्यजनहरुको मन जित्न सफल भइनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाईहरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । बोलीको प्रभावमा बृद्धि आउनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । शारिरिक आलस्यताले सताउन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामुहिक कार्य गर्न मन जानेछ । प्रतियोगितात्मक कार्यमा सफलता पाउनका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । परिवारबाट टाढा भएको महसुस हुनेछ । यात्रा गर्न विशेष ध्यान दिनुहोला । खानपानका कारण सामान्य स्वास्थ्यमा समस्या देखा पर्न सक्दछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजिकका व्यक्तिहरुको धोका दिन सक्ने छन् । मान्यजनहरुको सल्लाहमा गरिएको कार्यमा सफलता पाउनु हुनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछन् । अध्ययनको क्षेत्रमा राम्रो रहेको छ । साथीभाईहरुसंगको सम्बन्धमा सामान्य मनमुटावको स्थिति बन्न सक्नेछ । अरुका कारण काममा अपजस आइपर्न सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समान्य झण्झड आउन सक्नेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आट, साहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सभा सम्मेलन जस्ता कार्यक्रमहरुमा सरीक हुने अबसर प्राप्त हुनेछ । सामान्य अपजस आईपर्ने सम्भाबना रहेको छ । नयाँ कार्यका लागि आट, शाहसमा कमी आउनेछ । बोलीको प्रभावमा कमी आउनेछ । पठनपाठनमा राम्रो समय रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा