आज श्री शाके १९४४ बि.स.२०७९ पुस २१ गते बिहीबार (इश्वी सन २०२३ जनवरी ५ तारिख) पौष शुक्ल पक्ष चतुर्दशी तिथी मृगशिरा नक्षत्र शुक्ल योग गर करण चन्द्रमा वृष राशिमा पश्चात मिथुन राशिमा आनन्दादि योगमा मृत्यु योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु गुरु गोविन्द सिंह जयन्ती जैमन्थैपी नारायणमेला सिन्धुपाल्चोक ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बौद्धिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुको बिश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आफन्तहरुको साथ सहयोगमा कमी आउनेछ । नयाँ कर्य गर्नका लागि मन जानेछ । शारिरिक आलस्यताले सताउनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुलाई चाडो विश्वास गर्नाले धोका हुन सक्नेछ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्याले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ । मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ । चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जीवनसाथीसंगको सम्बन्धमा मनमुटाव हुन सक्दछ । व्यापार व्यावसायमा राम्रो रहेको छ । साथीभाईहरुसंगको भेटघाटमा बढि समय खर्च हुनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानी गर्दा विशेष ध्यान दिनुहोला । मनमा चञ्चलतापन आउनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । नयाँ लगानी गर्न जोश, जागर चल्नेछ ।बोलीको प्रभाव बढ्नेछ । अरुलाई विश्वास गर्नाले सामान्य अपजस सहनु पर्ने हुन्छ । नसोचेको स्थानको यात्रा तय हुनेछ । सामाजिक कार्यमा मन जानेछ । मान्यजनहरुको सहयोग मिल्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाईहरुसंगको सम्बन्धमा दुरी बढ्नेछ । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । व्यापार ब्यावसायमा राम्रो रहेको छ । खर्च बढ्नेछ । नयाँ कार्यको थालनी गर्नका लागि विशेष ध्यान दिनु होला । शारिरिक आलस्यताले सताउनेछ । मनमा चञ्चलपन आउनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । मनमा खिन्नपनको बोध हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ ।