आज श्री शाके १९४४ बि.स.२०७९ पुस १७ गते आइतबार (इश्वी सन २०२३ जनवरी १ तारिख) पौष शुक्ल पक्ष दशमी तिथी अश्विनी नक्षत्र शिव योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा आनन्द योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु अंग्रेजी नयाँ वर्ष आरम्भ २०२३, राष्ट्रिय पोसाक दिवस ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुनेछ । पारिवारिक साथ, सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो रहेको छ । नयाँ कार्यको थालनीका लागि उत्तम समय रहेको छ । ब्यापार ब्यावसायमा मनग्य आम्दानी प्राप्त हुनेछ । अधुरा कार्य बन्ने योग रहेको छ । सामाजिक कार्यमा जुट्ने अवसर प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुका कारण अपजस सहनु पर्ने हुन्छ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । प्रतिपक्षीहरु सबल हुने हुनाले कार्य सम्पादनमा विशेष सावधानी रहनु होला । मनोरञ्जनात्मक कार्यमा बढि समय ब्यतित हुनेछ । यात्रा गर्ने अवसर प्राप्त होला । पुराना साथीभाईसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । जीवनसाथीसंग सामान्य खटपट हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुरानो लगानी उठ्ने समय रहेको छ । कार्य क्षेत्रमा आफन्तजनको सल्लाह लिनुहोला सफलता मिल्नेछ । मित्रजनको साथ, सहयोग पाउनु हुनेछ । आय मुलक कार्यको थालनी हुनेछ । आजको लगानीबाट दिर्घकालिन फाइदा मिल्नेछ । अध्ययन अध्यापनका लागि राम्रो रहेको छ । प्रतिस्पर्धामा अब्बल सावित हुनु हुनेछ । नयाँ कार्यको थालनीका लागि आट, शाहस बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजन तथा ईष्टमित्रहरुको साथ, सहयोगमा कमी आउनेछ । भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित होला । कार्य क्षेत्रमा अधिक मेहनत गर्नु पर्नेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला । मनमा खिन्नता आउनेछ । बोलीको प्रभावमा कमी आउनेछ । यात्रा गर्दा विशेष ध्यान दिनु होला । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्न सक्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विलासी सामान खरिद गर्न मन जानेछ । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । आफन्तजनसंग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाईसंग भेटघाट हुनेछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका व्यक्तिबाट धोका हुन सक्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रमा सामान्य विवाद उत्पन्न हुन सक्नेछ । नयाँ साथीभाई बन्ने छन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सफलताका लागि अधिक मेहनत गर्नु पर्नेछ । मनमा चञ्चलताले बास गर्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । सामान्य विवादको सामना गर्नु पर्ने हुन्छ । नजिकका साथीभाईसंग दुरी बढ्नेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ कार्यको थालनीका लागि राम्रो रहेको छ । ब्यापार ब्यावसायमा राम्रो रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तजनबाट साथ, सहयोगमा कमी आउनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । भौतिक साधनको प्रयोगमा बढि समय व्यतित होला । ब्यापारमा साझेदारी नगरेकै बेस हुनेछ । परिवारको सल्लाहबाट गरेको कार्यमा सफलता प्राप्त गर्नु हुनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका निम्ती सामान्य खर्च बढ्नेछ । प्रतिस्पर्धी कमजोर हुनाले आय आर्जनमा विशेष लाभ मिल्नेछ । स्वास्थ्य समस्याले सताउन सक्नेछ । अरुलाई पुर्ण रुपमा विस्वास नगर्नु नै राम्रो रहनेछ । घर परिवारबाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यका जुट्ने अवसर प्राप्त हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ । नयाँ साथीभाई बन्नेछन् ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रिय ब्यक्तिको भेटघाटका कारण मन प्रशन्न हुनेछ । पारिवारिक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । कार्य क्षेत्र अलि बढि मेहनत गर्नु पर्नेछ । अध्ययन अध्यापनका लागि राम्रो रहेको छ । रचनात्मक कार्यमा जुट्ने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा आफुलाई अब्बल तुल्याउन सकिनेछ । खानपानमा विशेष ध्यान दिनु होला । बोलीको प्रभावमा बृद्धि हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवनमा सामान्य खटपट हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । गरिरहेको कार्यमा अझ सफलता मिल्नेछ । दिनैभर मन हर्षित रहनेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च बढ्नेछ । मित्रजनहरुसंग निकटता हुनेछ । अरुका कारण समान्य अपजस सहनु पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला । शारिरिक आलस्यताले सताउन सक्नेछ । निर्णय लिने कठिनाई हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको चातुर्यताले नयाँ मित्र बढ्नेछन् । यात्रा गर्दा ध्यान दिनु होला । मान्यजनसंगको सम्बन्धमा खटपट आउन सक्नेछ । शिक्षा प्राप्ति गर्ने योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गरिरहेको कार्यबाट उत्तम प्रतिफल प्राप्त मिल्नेछ । नयाँ कार्यमा मन जानेछ । सामुहिक कार्यमा मन जानेछ ।