शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् पुस १५ गते शुक्रबार (डिसेम्बर ३० तारिख) को राशिफल, रौतामाईले सबैको रक्षा गरुन् !


  • बिहिबार, पुष १४ २०७९
8.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ पुस १५ गते शुक्रबार (इश्वी सन २०२२ डिसेम्बर ३० तारिख) पौष शुक्ल पक्ष अष्टमी तिथी उत्तरभाद्रपदा नक्षत्र वरीयान योग भद्रा करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु अष्टमीव्रत गोरखकालिपूजा श्री श्वेतमत्स्येन्द्रनाथ स्नान लमुल्होछार ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारका सदस्यबाट टाढा भएको महसुस हुनेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्यमा जुट्ने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा मन जानेछ । नजिकका व्यक्तिबाट धोका हुन सक्छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हासिल हुनेछ । बोलीको प्रभावमा बृद्धि आउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरानो लगानी उठ्नेछ । कार्य क्षेत्रमा पदोन्नती हुने योग रहेको छ । बोलीको प्रभावमा बृद्धि आउनेछ । पुराना साथीभाईसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो हुनेछ । आर्थिक क्षेत्रमा सबल बन्नु हुनेछ । आफुभन्दा साना ब्यक्तिको सहयोगमा गरिएको कार्यमा आर्थिक लाभ मिल्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सभा सम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । मान सम्मान मिल्ने योग रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित हुनेछ । मनमा चञ्चलपन आउनेछ । नेतृत्व लिने क्षमतामा बृद्धि आउनेछ । ब्यापार ब्यावसायमा मनग्य लाभ मिल्नेछ । मान्यजनको साथ, सहयोग मिल्नेछ । आजको लगानीबाट दिर्घकालिन फाइदा मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खराब संगतका कारण सामान्य अपजस आइपर्न सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । साझेदारी कार्यमा खासै राम्रो रहेको छैन । यात्रा गर्दा विशेष सावधानी अपनाउनु होला । जीवनसाथीसंग सामान्य तिक्तता बढ्नेछ । पारिवारिक साथ, सहयोगमा कमी भएको महसुस हुनेछ । खानपानका कारण सामान्य स्वास्थ्य समस्या आउन सक्नेछ । अर्काको खुसीका लागि बढि समय खपत हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्चमा सामान्य बृद्धि हुनेछ । अरुका कारण सामान्य अपजस सहनु पर्नेछ । पारिवारिक सहयोगमा कमी आउनेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । पुराना साथीभाईसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । नयाँ साथीभाईहरु बन्नेछन् । बचत गर्न मन जानेछ । ईष्टमित्रसंग सामान्य वादविवाद हुन सक्नेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । नयाँ कार्य गर्न मन जानेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोगले आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहीले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिपक्षीहरु सबल हुनाले कार्य क्षेत्रमा सावधानी रहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुरा काट्ने ब्यक्तिको कमी नरहला । बोल्दा सजग रहनु होला बोलीकै कारण नजिकका मित्रजन रुष्ट हुने छन् । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको थालनि गर्न मन जानेछ । आम्दानिको क्षेत्रमा राम्रो रहेको छ । बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । पढाईको क्षेत्रमा राम्रो रहेको छ । सन्तान समस्याले सताउला । चाढो क्रोध बढ्नेछ । पारिवारिक समस्यका कारण चिन्ता बढ्नेछ । सामान्य यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितीसंग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य क्षेत्रमा सफल हुनुहुनेछ । सभा सम्मेलनबाट मान सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा सामान्य खटपट हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । आय मुलक कार्यको थालनी हुनेछ । ब्यापार ब्यावसायमा मनग्य आम्दानी बढनेछ । धैर्य गर्ने बानीको विकास हुनेछ । साथीभाईसंग सुमधुर सम्बन्ध बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ लगानिको क्षेत्रमा सामान्य रहेको छ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला । मान्यजनसंग सामान्य खटपट हुनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहीका कारण धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । शारिरिक आलस्यताले सताउन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साझेदारी कार्यका लागि प्रस्ताव आउने भएता पनि खासै राम्रो हुने छैन । निर्णय लिने क्षमतामा कमी आउनेछ । सहि निर्णय लिन कठिनाई हुनेछ । मित्रजनबाट साथ, सहयोग पाउनु हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । खानपानका कारण सामान्य स्वास्थ्य समस्या आउन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा