आज श्री शाके १९४४ बि.स.२०७९ पुस १४ गते बिहीबार (इश्वी सन २०२२ डिसेम्बर २९ तारिख) को राशिफल हेर्नुहोस्ः
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउनेछ । गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । परिवारको साथ, सहयोगमा कमी भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । कुरा काट्नेहरुको संख्या बढ्न सक्नेछ । बिलासी सामान खरिद गर्ने योग रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा बढि समय व्यतित हुनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिद्धान व्यक्तिहरुसंग घुलमिल हुने अवसर प्राप्त हुनेछ । सामान्य यात्राको अवसर आउनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । पारिवारिक साथ, सहयोग मिल्नेछ । रचनात्मक कार्य गर्न मन जानेछ । नयाँ कार्य थालनिका निम्ती समयले बिशेष साथ दिनेछ । साझेदारी कामबाट लाभ मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । जीवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । विश्वास गरिएका पात्रबाट धोका पाउनु हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मध्यान पश्चात मित्र तथा दाजु-भाई बिचको सम्बन्धमा सुधार आउनेछ । सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । ईष्ट मित्र बिच सामान्य बादबिवादको स्थिती बन्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा ढिला सुस्ति हुन सक्नेछ । गैरब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । ब्यापार ब्यवसायका लागि ठिकै रहेको छ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्न सक्नेछ । पारिवारिक साथ, सहयोगबाट अधुरा कार्य पुरा हुनेछ । भौतिक श्रोतसाधनको प्रयोगमा बढि सयम व्यत्तित हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामुहिक कार्य गर्न मन जानेछ । मान्यजनको साथ सहयोगबाट कार्यमा सफलता पाउनु हुनेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । मेहेनतको कदर हुने योग रहेको छ । साथिभाईको साथ, सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा बृद्धि आउनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम्पत्य शुखमा कमि आउनेछ। मान्यजनको साथ प्राप्त हुनेछ । विश्वासिला व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कोध्रको कारण मानसिक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । प्रियजनहरुको साथ, सहयोगबाट कार्य सफल हुनेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान्यजनको साथ सहयोगद्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ । नयाँ कार्यको थालनी गर्ने योग रहेको छ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । प्रियजन बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ ।