सोमबार, माघ २३ २०७९
ताजा अपडेट

हेर्नुहोस् पुस १३ गते बुधबार (डिसेम्बर २८ तारिख) को राशिफल, मनकामना माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • मंगलबार, पुष १२ २०७९
5.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ पुस १३ गते बुधबार (इश्वी सन २०२२ डिसेम्बर २८ तारिख) पौष शुक्ल पक्ष षष्ठी तिथी शतभिषा नक्षत्र सिद्धि योग कौलव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मानस योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्य गर्नका लागि उत्तम समय रहेको छ । ब्यापार व्यावसायमा सफलता हात पर्नेछ । साझेदारी कार्यमा खासै राम्रो हुँदैन । बोलीको प्रभावमा बृद्धि आउनेछ । इष्टमित्रहरुसंगको सम्बन्धमा झन सुमधुर बन्नेछ । अध्ययन अध्यापनका लागि राम्रो रहेकोछ । आफुभन्दा सानाको सहयोगमा गरेको काममा सफलता प्राप्त गर्नु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिरहेको कार्यमा सामान्य झण्झड आइपर्न सक्नेछ । मान्यजनहरुसंगका सम्बन्धमा दुरी बढ्न सक्ला । भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित हुनेछ । परिवारिक साथ, सहयोगमा कमी भएको महसुस हुनेछ । पुराना साथीभाईसंग भेटघाट हुने योग रहेको छ । बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । विद्याको क्षेत्रमा राम्रो रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य क्षेत्रमा सामान्य वादविवाद उत्पन्न हुन सक्नेछ सजग रहनु होला । खर्च बढ्न सक्नेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । विलासी सामान खरिद गर्न मन जानेछ । सामुहिक कार्यमा बढि रुची जाग्नेछ । साथीभाईसंगको सम्बन्धमा झन सुमधुर हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोल्दा विशेष ख्याल गर्नु पर्नेछ, बोलेको कुराको गलत अर्थ लाग्नाले सामान्य विवाद बढ्न सक्ला । खानपानमा विशेष ख्याल गर्नुहोला । नजिकका साथीभाईसंग सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुनुको सार्थ लाभदायी यात्रा बन्नेछ । परिवारको सल्लाहमा गरिएको कार्यमा सफलता पाउनु हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)्
कुरा काट्नेहरुको संख्यामा बृद्धि आउनेछ । निर्णय लिने क्षमतामा कमी आउनेछ । साथीभाईको सहयोगमा अधुरा कार्य पुरा गर्न सक्नु हुनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । कार्य क्षेत्रमा सामान्य अपजस सहनु पर्नेछ । नयाँ कार्यका लागि रुची बढ्नेछ । यात्रा गर्ने अवसर प्राप्त होला । सामुहिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अधिक मेहनतबाट मात्रै कार्यमा सफलता हात पर्नेछ । मनमा सामान्य चिन्ताको बास हुनेछ । परिवार सदस्यबाट टाढा बस्नु पर्ने हुन सक्छ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । नजिकका व्यक्तिबाट धोका हुन सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । कार्य सम्पादमा सामान्य झण्झट आइपर्न सक्नेछ । नयाँ कार्य गर्नका लागि खासै राम्रो समय रहेको छैन । खानपानमा विशेष ख्याल गर्नुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफुले गरेको कार्यमा अरुले नै जस लिन खोज्ने छन् । आम्दानी श्रोत फेला पर्नाले मनमा उत्साह छाउनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । अरुलाई विश्वास गर्नाले कार्य क्षेत्रमा सामान्य झण्झट आइपर्न सक्नेछ । मान्यजनहरुको साथ, सहयोग प्राप्त हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । साथीभाईसंग दुरी बढ्न सक्नेछ । नयाँ साथीभाई बन्नेछन् । कलाको क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सवारी साधनको प्रयोगमा ख्याल गर्नुहोला । सभा सम्मेलन जस्ता कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । साथीभाईले मान सम्मान गनेछन् । बोलीको प्रभाव बढ्नेछ । ब्यापार ब्यावसायका निम्ति राम्रो रहेको छ । सामाजिक कार्यमा जुट्ने अवसर प्राप्त हुनेछ । बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । परिवारसंगको सम्बन्धमा थप सुधार हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । प्रतिस्पर्धात्म कार्यमा सफलता मिल्नेछ । दाजु भाईसंगको सम्बन्धमा सुधार आउनेछ । कार्य अनुसारको फल प्राप्त हुने छ । ब्यापार ब्यावसायमा राम्रो रहेको छ । आफ्नो सामानको विशेष ख्याल गर्नुहोला । अपरिचित व्यक्तिको विश्वास नगर्दै वेश हुनेछ । मनोरञ्जनात्क कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । सामुहिक कार्यमा जुट्ने अवसर प्राप्त होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारिरिक आलस्यताले सताउन सक्नेछ । खानपानमा विशेष ख्याल गर्नुहोला । आज गरेका लगानीबाट दुरगामी फाइदा प्राप्त हुनेछ । नयाँ कार्यका निम्ति आट, शाहस बढ्नेछ । नयाँ साथीभाई बनाउने योग रहेको छ । परिवारिक साथ सहयोगमा कमी आउनेछ । अरुको भर पर्नाले सामान्य झण्झट आइपर्न सक्छ । मान्यजनहरुसंग सामान्य तिक्तता बढ्नेछ । सामान्य वादविवादमा फस्ने सम्भावना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरिरहेको कार्यमा रुची घट्नेछ । पारिवारिक झमेला आइपर्न सक्छ । आफुले गरेको कार्यमा अरुले नै जस लिने प्रयास हुनेछ । तपाईको सरलता, मिजासले मित्रहरुको आकर्षण बढ्नेछ । दाम्पत्य जीवनमा सामान्य तिक्तता बढ्नेछ । ब्यापार ब्यावसायमा राम्रो रहेको छ । सामुहिक कार्यमा जुट्ने अवसर प्राप्त होला । मनमा चञ्चलतापन आउनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरुलाई विश्वास गर्नाले सामान्य झण्झट आइपर्न सक्नेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुने छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्नेछ । पारिवारिक झमेलाले सताउन सक्नेछ । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । नयाँ साथीभाई बन्नेछन् । खानपानका कारण सामान्य स्वास्थ्य समस्याले सताउन सक्नेछ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्नेछ । कार्य क्षेत्रमा अरुको विश्वास जित्न अधिक मेहनत गर्नु पर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा