आज श्री शाके १९४४ बि.स.२०७९ पुस ११ गते सोमबार (इश्वी सन २०२२ डिसेम्बर २६ तारिख) पौष शुक्ल पक्ष तृतिया तिथी श्रवण नक्षत्र हर्षण योग गर करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरिरहेको कार्यमा थप सफलता मिल्नेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा बृद्धि आउनेछ । पारिवारि सहयोगमा कमी आउला । मनोरञ्जनात्मक क्रियाकलापमा बढि समय ब्यतित होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक माहोलमा बढि सयम ब्यतित हुनेछ । कार्य सम्पादनमा ढिलाई हुनेछ । कार्य क्षेत्रमा सामान्य अपजस सहनु पर्ने हुन्छ । नयाँ साथीभाई बन्ने छन् । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । खर्च बढ्नेछ । नयाँ कार्यका लागि आट, शाहस प्राप्त हुनेछ । आफन्तहरुसंग भेटघाट हुनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य सम्पादनमा ढिलाई हुनेछ । शारिरिक आलस्यताले सताउला । खानपानमा विशेष ध्यान दिनुहोला । सामान्यतया खर्च बढ्नेछ । ब्यापार ब्यावसायमा मनग्य आम्दानी हुनेछ । बोलीको प्रभावमा कमी आउनेछ । कार्य क्षेत्रमा सामान्य झण्झट आइपर्न सक्नेछ । आफुले गरेको कार्यको अरुले नै जस लिन सक्नेछन् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता हाल पर्नेछ । मनमा चञ्चलपन आउनछे । गरिरहेको कार्यमा सफल हुन अधिक मेहनत गर्नु पर्नेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । नयाँ कार्य गर्नका निम्ति आट, शाहस बढ्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य सम्बन्धि समस्याले सताउने सक्नेछ, खानपानमा ध्यान दिनुहोला । नयाँ साथीभाई बनाउने योग रहेको छ । निर्णय लिने क्षमतामा कमी आउनेछ । यात्रा गर्दा एक्लोपनको महसुस हुनेछ । मनमा चञ्चलपन र उत्साह बढ्नेछ । सामाजिक कार्य गर्न अवसर प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनमा बृद्धि हुनेछ । नयाँ कार्य गर्नका लागि मन जानेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफुभन्दा साना व्यक्तिहरुको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् । बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यबाट सहयोग मिल्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमी आउनेछ । सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य क्षेत्रमा घमण्ड गर्नाले सहकर्मीहरुका खासै सहयोग प्राप्त नहोला । दाजुभाई बिचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । बोलीको प्रभावमा कमी आउनेछ । प्रतिस्पर्धात्म कार्यमा सफल हुन अधिक मेहनत गर्नु पर्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तहरुबिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ, सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । शारिरिक आलस्यता सताउनेछ । पढाईका क्षेत्रमा राम्रो समय रहेको छ । ब्यापार ब्याबसायका निम्ति उत्तम समय रहेको छ । यात्रा गर्दा विशेष ध्यान दिनु होला । सभा, सम्मेलन जस्ता क्रियाकलापमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक झमेलामा परिनेछ । मान, सम्मान प्राप्त हुने योग रहेको छ । नयाँ कार्य गर्नका निम्ति मन जानेछ । विलासी सामान खरिद गर्न मन जानेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । सहि निर्णय लिन कठिनाई हुनेछ । ब्यापार ब्यावसायमा थप सुधार आउनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य आर्थिक अभाव झेल्नु पर्नेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । परिवारका सदस्यको सहयोगमा कमी महसुस हुनेछ । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा बढि समय ब्यतित हुनेछ । बोलीको प्रभाव बृद्धि हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । फाइदामुलक यात्रा हुन सक्नेछ । आय आर्जनका क्षेत्रमा बृद्धि हुने योग रहेको छ । पुराना साथीभाईसंगको भेटघाटले मन प्रशन्न हुनेछ । मान्यजनको सहयोगबाट अधुरा कार्यमा सफलता प्राप्त हुनेछ । खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । बोलीको प्रभावमा बृद्धि हुनेछ ।