सोमबार, माघ २३ २०७९
ताजा अपडेट

हेर्नुहोस् पुस ८ गते शुक्रबार (डिसेम्बर २३ तारिख) को राशिफल, मनकामना माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बिहिबार, पुष ७ २०७९
4.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ पुस ८ गते शुक्रबार (इश्वी सन २०२२ डिसेम्बर २३ तारिख) पौष कृष्ण पक्ष औंसी तिथी मूल नक्षत्र गण्ड योग नाग करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु दर्शश्राद्ध, निशिबार्ने , हलो बार्ने, गयामौनी पौषे औंशी , बराहक्षेत्र , विष्णुपादुका बेत्रावती, गोकर्ण आदिमा स्नानदान श्राद्ध गर्ने औंशी ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरिहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तहरुसंग दुरी बढ्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । कुरा काट्नेहरु बढ्नेछन् । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानी मध्यम रहनेछ । बिलासी सामाना खरिद गर्ने अवसर प्राप्त हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ। कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । बल तथा पराक्रममा बृद्धि हुनेछ । अधुरा कार्य पुरा हुने योग रहेको छ । अरुको दबाव सहन पर्ने हुन्छ । बोलीको प्रभावमा कमी आएको महसुस हुनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाईहरुसंग दुरी बढ्नेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । बोलीको प्रभाव बढ्नेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक काममा मन जानेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहेको छ । साथीभाईका कारण बिग्रन लागेको कार्य सफल हुनेछ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । भौतिक स्रोत साधन प्रयोगमा बढि मन जानेछ । नयाँ कार्य गर्न साहस बढ्नेछ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य शुखमा कमि आउनेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । नजिकको व्यक्तिबाट धोका हुन सक्नेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतियोगितात्म गतिविधिमा सफलता पाउन मुस्किल पर्नेछ । साथीभाईसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अधिक मेहनतबाट कार्य सफल हुनेछ । अरुको सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला । सभा सम्मेलनमा मान सम्मान मिल्नेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सभा सम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधानी अपनाउनु पर्नेछ । अरुको कारण अपजस आउन सक्नेछ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ । साथीभाईका कारण अधुरा कार्यहरु पुरा हुनेछन् । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा