सोमबार, माघ २३ २०७९
ताजा अपडेट

हेर्नुहोस् पुस १ गते शुक्रबार (डिसेम्बर १६ तारिख) को राशिफल, रौतामाईले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बिहिबार, मंसिर २९ २०७९
3.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ पुस १ गते शुक्रबार (इश्वी सन २०२२ डिसेम्बर १६ तारिख) पौष कृष्ण पक्ष अष्टमी तिथी उत्तरफाल्गुनी नक्षत्र आयुष्मान योग बालव करण चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा शुभ योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु पौष संक्रान्ति,अष्टमीव्रत गोरखकालीपूजा ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक रुपमा खर्च बढ्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ला । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । विश्वास गरेको ब्यक्तिले धोका दिन सक्नेछ । कुराकाट्नेहरुको संख्यामा बृद्धि हुनेछ । सामाजिक कार्य गर्न मन जानेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफुभन्दा साना व्यक्तिहरुको सहयोगबाट गरिएका कार्यमा सफलता पाउनु हुनेछ । अध्ययनका लागि उपयुक्त समय रहेको छ । आर्थिक क्षेत्रमा सबल बन्नु हुनेछ । साथीभाईहरुसंगको सम्बन्धमा केही दरार उत्पन्न हुन सक्ला । शारिरिक आलस्यताले सताउ सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पराक्रम बृद्धि हुनाले बन्न लागेको कामहरु पनि बिग्रन सक्नेछ । नयाँ साथीभाई बनाउने अवसर प्राप्त हुनेछ । आफुले गरेको कार्यमा अरुले श्रेय लिन खोज्नेछन् । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । लगानी गर्दा विशेष ध्यान पुर्याउनु पर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ब्यापार क्षेत्रमा लगानी गर्नका लागि उत्तम समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा बढि समय ब्यतित हुनेछ । मान्यजनबाट अधुरा कार्य सम्पादित गर्न सकिनेछ । विलासी साधन खरिद गर्न बढि ध्यान जानेछ । खानपानमा बढि ध्यान दिनु पर्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । सभा सम्मेलन जस्ता कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । विश्वासिला ब्यक्तिहरुले आफ्नो लागि धोकबाज बन्न सक्नेछन् । बोली प्रभावमा कमी आउनेछ । प्रतिस्पर्धिहरुको संख्यामा बृद्धि आउनेछ । ब्यापार ब्याबसायबाट मनग्य आम्दानी बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरिरहेको कार्य भन्दा फरक कार्य गर्न मन जानेछ । ब्यापार ब्यावसायमा नयाँ लगानीका लागि उत्तम समय रहेको छ । साथीभाईहरुबाट साथ, सहयोग प्राप्त हुनेछ । पारिवारिक साथ, सहयोगमा कमी आउन सक्नेछ । अध्ययनका लागि राम्रो समय रहेको छ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना साथीभाईसंग भेटघाट गर्न अवसर प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त रहनेछ । बोलीको प्रभावमा बृद्धि आउनेछ । यात्रा गर्दा ख्याल गर्नुहोला । बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । नयाँ कार्यका लागि आट बढनेछ । खानपानमा विशेष ध्यान दिनु पर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामुहिक कार्य गर्न मन जानेछ । पारिवारिक साथ, सहयोगमा कमी आउनेछ । सवारी साधनको प्रयोगमा बढि समय ब्यतित रहला । सभा सम्मेलन जस्ता कार्यमा मान सम्मान मिल्नेछ । सामान्य स्वास्थ्य समस्याले सताउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । बोलेको कुराले गलत अर्थ लाग्नाले साथीभाईसंगको दुरी बढ्न सक्नेछ । ब्यापार ब्यावसायबाट मनग्य आम्दानी हुने योग रहेको छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्य पुर्ण सफलता पाउनु हुनेछ । तपाईको कमजोरीलाई बुझेर अरुले फाइदा उठाउन सक्ने छन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफुले विश्वास गर्नाले धोका पाइनेछ । आफन्तसंगको सम्बन्धमा दुरी बढ्न सक्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । मनमा सामान्य डर पैदा हुन सक्नेछ । यात्रा गर्दा ख्याल गर्नु पर्ने हुन्छ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । आय आर्जनका निम्ती राम्रो समय रहेकोछ । आम्दानीका विभिन्न श्रोतहरु फेला पर्नेछ । निर्णय लिने क्षमतामा कमी आउन सक्नेछ । मनोरञ्जका क्षेत्रमा बढि समय ब्यतित हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा