आइतबार, माघ २२ २०७९
ताजा अपडेट

हेर्नुहोस् मंसिर २६ गते सोमबार (डिसेम्बर १२ तारिख) को राशिफल, पशुपतिनाथले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • आइतबार, मंसिर २५ २०७९
3.9K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २६ गते सोमबार (इश्वी सन २०२२ डिसेम्बर १२ तारिख) पौष कृष्ण पक्ष चतुर्थी तिथी तिष्य नक्षत्र ऐन्द्र योग कौलव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा धाता योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मान्यजनसंगको सम्बन्धमा सामान्य घटपट उत्पन्न हुन सक्ला । सामान्य कार्यका लागि पनि अधिक मेहनत आवश्यक पर्नेछ । खर्च बढ्नेछ । पुराना साथीभाईहरुसंग भेटघाट हुने अवसर प्राप्त होला । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु पर्नेछ । पारिवारिक झमेलाले सताउन सक्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ब्यापार ब्यावसाय गर्नका लागि राम्रो समय रहेको छ । सफलता प्राप्त गर्न अधिक समय खपत गर्नु पर्ने छ । मित्रजनसंगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगबाट अधुरा कार्य पुरा हुनेछ । बोलीको प्रभावमा कमी आउन सक्नेछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सभा सम्मेलन जस्ता कार्यमा सहभागि हुनु पर्नेछ । सामुहिक कार्य गर्न मन जानेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बोलीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरुसंगको सम्बन्धमा तनाब उत्पन्न हुन सक्ला । स्वास्थमा सामान्य समस्या आउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विलासी सामानको खरिद गर्न मन जानेछ । नयाँ कार्यका लागि आट, शाहस मिल्नेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादन प्रति अरुको दबाव बढ्नेछ । दिउसोको समयमा सामान्य तनाब आइपर्ला । प्रतिस्पर्धिहरुलाई कमजोर नठान्नु होला ।आफ्नो कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परिवारबाट टाढा भएको आभास हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आफन्तहरुको साथ सहयोगमा कमी आउनेछ । नयाँ कर्य गर्नका लागि मन जानेछ । शारिरिक आलस्यताले सताउनेछ । अरुको बिश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुलाई चाडो विश्वास गर्नाले धोका हुन सक्नेछ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्याले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनहरुको सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । नयाँ लगानी गर्न जोश, जागर चल्नेछ । बोलीको प्रभाव बढ्नेछ । अरुलाई विश्वास गर्नाले सामान्य अपजस सहनु पर्ने हुन्छ । नसोचेको स्थानको यात्रा तय हुनेछ । सामाजिक कार्यमा मन जानेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ । चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा