सोमबार, माघ २३ २०७९
ताजा अपडेट

हेर्नुहोस् मंसिर २३ गते शुक्रबार (डिसेम्बर ९ तारिख) को राशिफल, पाथीभरा माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बिहिबार, मंसिर २२ २०७९
11.5K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २३ गते शुक्रबार (इश्वी सन २०२२ डिसेम्बर ९ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्रा सामान्य झन्झटमय रहन सक्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दिर्घकालिन फाईदा दिलाउनेछ । हराएको माल सामान फेला पर्न सक्छ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढिला हुने हुँदा सामान्य अप्जस सहनु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निर्णय लिने क्षमतमा बृद्धि हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । शत्रु सबल रहनेछन । मनमा चिन्ता बढ्न सक्दछ । साथीभाईहरुसंग दुरी बढ्न सक्दछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बोलीको प्रभावमा कमी हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारीवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ । सामाजिक कार्यमा मन जानेछ । सामान्य खर्च बढ्न सक्दछ । मान्यजनसंगको सल्लाहमा गरिएको कार्यमा विशेष लाभ प्राप्त हुनेछ । साथीभाईसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरुबाट दिगो फाईदा हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा राम्रो रहेको छ। सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पुर्याउनेछ । बौद्धिक ब्यक्तिहरुलाई अनुशरण गर्नाले दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नु पर्ने हुन सक्दछ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिस्पर्धिहरु कमजोर रहनाले तपाइलाई कार्य क्षेत्र सहज बन्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रजनहरुको सहयोगबाट कार्य सफल हुनेछ । ब्यापार ब्यावसायमा साझेदार नगरेकै राम्रो हुनेछ । अधुरा कार्य पुरा हुने छन् । बोलीको प्रभाव बढ्नेछ । सामुहिक कार्य गर्न मन जानेछ । सभा सम्मेलनमा मान सम्मान मिल्नेछ । आफन्तजनहरुसंगको भेटघाटले मन प्रशन्न हुनेछ ।

तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट आम्दानी बढ्ने योग रहेको छ । जीवनसाथीबाट भरपुर सहयोग मिल्नेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा सामान्य झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरिएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्त जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । आँट र शाहासको बृद्धि हुनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । मान प्रतिष्ठा बढ्नेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च बढ्नेछ । मेहनत अनुसार सफलता पाउन गाह्रो पर्नेछ । ब्यापार ब्यावसायमा राम्रो रहेको छ । सामाजिक कार्य गर्न मन जानेछ । प्रतिस्पर्धात्म कार्यमा सफलता पाउनु हुनेछ । पुराना साथीभाईहरुसंग भेटघाट गर्ने अवसरा प्राप्त हुनेछ । छिटो विश्वास गर्नाले धोका हुन सक्दछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाजुभाईहरुसंग दुरी बढ्नेछ । सामान्य स्वास्थ्यमा समस्या आउन सक्दछ । सामान्य आर्थिक अभावको सामाना गर्नु पर्ने हुन सक्दछ । सामाजिक कार्य गर्न मन जानेछ । मान सम्मान प्राप्त हुने योग रहेको छ । आट, शाहसमा बृद्धि हुनेछ । नयाँ कार्य गर्न मन जानेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्रजनसंगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा