मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

मंसिर १२ गते सोमबार (नोभेम्बर २८ तारिख) को राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • आइतबार, मंसिर ११ २०७९
4.8K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर १२ गते सोमबार (इश्वी सन २०२२ नोभेम्बर २८ तारिख) मार्गशीर्ष शुक्ल पक्ष पञ्चमी तिथी उत्तरषाढा नक्षत्र वृद्धि योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा मृत्यु योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु विवाहपञ्चमी, जनकपुरमा सीता विवाहपञ्चमी मेला, आवाल ब्रम्हचारी षडानन्द जयन्ती ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गरिरहेको कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्य गर्न मन जानेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त होला । सभा सम्मेलन जस्ता स्थानमा मान सम्मान मिल्नेछ । मनोरञ्जनजन्य कार्यमा बढि समय व्यतित होला । पारिवारिक साथ सहयोगमा कमी आउन सक्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीला हुने छ । अरुका कारण सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसंगको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुका कारण आफुले सामान्य अपजस सहनु पर्ला । शारिरिक आलस्यताले सताउन सक्नेछ । खर्च बढ्ने योग रहेको छ । मानसिक चिन्ताले सताउला । बोलीको प्रभावमा कमी आउनेछ । नजिकका व्यक्तिहरुसंग दुरी बढ्न सक्नेछ । सामुहिक कार्य गर्न मन जानेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । ब्यापार व्यावसायमा मनग्य लाभ प्राप्त हुनेछ । सफलताका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । मानसम्मान प्राप्त हुने योग रहेको छ । कार्य सम्पादनका लागि सावधानी अपनाउनु होला । कुरा काट्नेहरुको संख्यामा बृद्धि आउला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला । शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला । सामुहिक कार्य गर्न मन जानेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ब्यापार व्यावसायमा आम्दानी बृद्धि हुन सक्नेछ । बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बोलीको प्रभावमा बृद्धि आउनेछ । नयाँ कार्यमा आट, शाहस आउनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आट, शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्ष सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । निर्णय लिने क्षमतामा कमी आउला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सबारी साधनको यात्रामा विशेष ख्याल गर्नुहोला । वाणीका कारण केही विवाद उत्पन्न हुन सक्दछ । अधिक परिश्रमबाट मात्र कार्य सफल हुनेछ । अधिक खर्च हुने योग रहेको छ । आफन्तको साथ, सहयोग पाउनु हुनेछ । नयाँ कार्यको थालनीका लागि आट, शाहस बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नजिकका व्यक्तिहरुसंगको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जीवनसाथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारिरिक आलस्यपनले सताउनेछ । पारीवारिक साथ सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्धत पूग्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनोरञ्जनात्मक कार्य मन जानेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धिहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा