मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

मंसिर ९ गते शुक्रबार (नोभेम्बर २५ तारिख) को राशिफल हेर्नुहोस्, दक्षिणकाली माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बिहिबार, मंसिर ८ २०७९
6.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर ९ गते शुक्रबार (इश्वी सन २०२२ नोभेम्बर २५ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बौद्धिक ब्यक्तिहरुलाई अनुशरण गर्नाले दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरुबाट दिगो फाईदा हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा राम्रो रहेको छ। सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पुर्याउनेछ । आम्दानी मध्यम रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भोजभतेर जस्ता कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ। सभा सम्मेलनमा सहभागीताको समय रहेकोछ । सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन सक्दछ । आफ्नो कार्यको अरुले नै जस लिन सक्दछन् । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामुहिक कार्य गर्न मन जानेछ । नयाँ कामको सुरुवात गर्न आट, शाहस बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । बोलीको प्रभावमा बृद्धि हुनेछ । सभा सम्मेलनबाट मान सम्मान मिल्नेछ । प्रियजनहरुसंगको भेटले मन प्रशन्न हुनेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा बढि समय ब्यतित रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट आम्दानी बढ्ने योग रहेको छ । जीवनसाथीबाट भरपुर सहयोग मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाईहरुसंग दुरी बढ्न सक्दछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बोलीको प्रभावमा कमी हुनेछ । निर्णय लिने क्षमतमा बृद्धि हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । नयाँ साथी बनाउदा विशेष ख्याल गर्नुहोला । शत्रु सबल रहनेछन । मनमा चिन्ता बढ्न सक्दछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामुहिक कार्य गर्न मन जानेछ । शारिरिक आलस्यताले सताउनेछ । भौतिक साधनको प्रयोगमा मन जानेछ । विलासी कुरामा रमाउन मन लाग्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । ब्यापार ब्यवसायमा राम्रो रहेको छ । आय आर्जनको क्षेत्र मध्ययम रहेको छ । मान्यजनबाट गरिएको कार्यमा सफलता पाउनु हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाईसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ । सामाजिक कार्यमा मन जानेछ । सामान्य खर्च बढ्न सक्दछ । मान्यजनसंगको सल्लाहमा गरिएको कार्यमा विशेष लाभ प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिस्पर्धिहरु कमजोर रहनाले तपाइलार्इ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नु पर्ने हुन सक्दछ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जीवनसाथीबाट गरिएको काममा सफलता पाउनु हुनेछ । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । बोलीको प्रभाव बढ्नेछ । आट, शाहसमा बृद्धि हुनेछ । खानपानमा विशेष ध्यान दिनुहोला । आज गरेको नयाँ लगानीबाट दिर्घकालिन फाइदा हुनेछ । नयाँ कार्य गर्न मन जानेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ने हुन सक्दछ। नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आट, शाहस बढ्नेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन प्रशन्न हुनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुराना साथीभाईहरुसंग भेटघाट गर्ने अवसरा प्राप्त हुनेछ । छिटो विश्वास गर्नाले धोका हुन सक्दछ । खर्च बढ्नेछ । मेहनत अनुसार सफलता पाउन गाह्रो पर्नेछ । ब्यापार ब्यावसायमा राम्रो रहेको छ । सामाजिक कार्य गर्न मन जानेछ । प्रतिस्पर्धात्म कार्यमा सफलता पाउनु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा