शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मंसिर ६ गते मंगलबार (नोभेम्बर २२ तारिख) को राशिफल हेर्नुहोस्, गणेश भगवानले सबैको रक्षा गरुन् !


  • सोमबार, मंसिर ५ २०७९
10.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर ६ गते मंगलबार (इश्वी सन २०२२ नोभेम्बर २२ तारिख) मार्गशीर्ष कृष्ण पक्ष त्रयोदशी तिथी पश्चात चतुर्दशी तिथी स्वाती नक्षत्र सौभाग्य योग वणिज करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु बालाचतुर्दशी,शतबिजरोपण बलाचह्रेपूजा पशुपतिनाथ हलेसीलगायत शिवालयमा मेला ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ । चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ । मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौद्धिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ लगानी गर्न जोश, जागर चल्नेछ ।बोलीको प्रभाव बढ्नेछ । अरुलाई विश्वास गर्नाले सामान्य अपजस सहनु पर्ने हुन्छ । नसोचेको स्थानको यात्रा तय हुनेछ । सामाजिक कार्यमा मन जानेछ । मान्यजनहरुको सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । मनमा खिन्नपनको बोध हुनेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कुरा काट्रने ब्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्याले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । अरुलाई चाडो विश्वास गर्नाले धोका हुन सक्नेछ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तहरुको साथ सहयोगमा कमी आउनेछ । नयाँ कर्य गर्नका लागि मन जानेछ । शारिरिक आलस्यताले सताउनेछ । अरुको बिश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्यको थालनी गर्नका लागि विशेष ध्यान दिनु होला । शारिरिक आलस्यताले सताउनेछ । मनमा चञ्चलपन आउनेछ । साथीभाईहरुसंगको सम्बन्धमा दुरी बढ्नेछ । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । व्यापार ब्यावसायमा राम्रो रहेको छ । खर्च बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीभाईहरुसंगको भेटघाटमा बढि समय खर्च हुनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानी गर्दा विशेष ध्यान दिनुहोला । मनमा चञ्चलतापन आउनेछ । जीवनसाथीसंगको सम्बन्धमा मनमुटाव हुन सक्दछ । व्यापार व्यावसायमा राम्रो रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा