आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर ३ गते शनिबार (इश्वी सन २०२२ नोभेम्बर १९ तारिख) मार्गशीर्ष कृष्ण पक्ष एकादशी तिथी उत्तरफाल्गुनी नक्षत्र विष्कुभ योग भद्रा करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा उत्पात योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु विश्व शौचालय दिवस ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक साथ, सहयोगले कार्य सम्पादन हुनेछ । शुभचिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । ब्यापार ब्यावसायका लागि खासै राम्रो नहोला । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । शारिरिक आलस्यताले सताउन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सन्तान सुखको योग रहेको छ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौद्धिक कार्यका लागि नयाँ बाटो खुल्नेछ । मनमा चन्चलतापन आउनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा बढि ध्यान जानेछ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अवसर आउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा गर्ने अवसर प्राप्त होला । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको प्रभावमा बृद्धि आउनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । निर्यण लिने क्षमतामा बृद्धि आउनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारको साथ, सहयोग मिल्नेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यताले सताउन सक्छ । यात्रा गर्ने अवसर प्राप्त हुन सक्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा काट्नेहरुको संख्यामा बृद्धि आउनेछ । सामाजिक कार्य गर्न मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । अपुरा कार्यहरुमा सफलता पाउने समय रहेको छ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनको मन जित्न सफल हुनुहुनेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसंगको सम्बन्धमा सुधार आउनेछ । सामान्य खर्चमा बृद्धि आउनेछ । गरिरहेको कार्यमा अझ सफलता मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बिलासी सामानको खरिद गर्न मन जानेछ । दाजु भाई तथा इष्ट मित्रबिच सम्बन्ध सुधार रहनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिका खासै राम्रो समय रहेको छैन । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर आउन सक्नेछ । बोलीको प्रभावमा बृद्धि आउने छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ सम्बन्धि समस्या आउन सक्नेछ । सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट धोका हुन सक्ला। खानपानको क्षेत्रमा सजग रहनु होला । बोलीको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुनेछ । गायन क्षेत्रमा रुची जाग्ने छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान्यजनको साथ सहयोग पाउनु हुनेछ । अधुरा कार्यमा सफलता पाउनु हुनेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । बिलासी सामान खरीद गर्न मन जानेछ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरुसंगको सम्बन्धमा सुधार आउनेछ ।