मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

कात्तिक ३० गते बुधलबार (नोभेम्बर १६ तारिख) को राशिफल हेर्नुहोस्, जय मनकामना माता !


  • KTM Khabar
  • मंगलबार, कार्तिक २९ २०७९
6.3K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक ३० गते बुधबार (इश्वी सन २०२२ नोभेम्बर १६ तारिख) मार्गशीर्ष कृष्ण पक्ष अष्टमी तिथी अश्लेषा नक्षत्र ब्रह्म योग वालव करण चन्द्रमा कर्कट राशिमा पश्चात सिंह राशिमा आनन्दादि योगमा राक्षस योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु साँझमा भैरवोत्पति , बुधाष्टमीव्रत, गोरखकालीपूजा, भैरव अष्टमी ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्य चिन्ता बढ्न सक्नेछ । मान्यजनको स्वास्थमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानी क्षेत्र मध्यम रहेको छ । बौद्धिक व्यक्तिहरबाट नयाँ कुरा सिक्ने अवसर प्राप्त होला । बोली प्रभावमा बृद्धि आउने छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रजनहरुको साथ सहयोग मिल्नेछ । यात्राकारक समय रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनेछ । मानसम्मानमा आधात पर्न सक्ने सम्भाबना रहेको छ । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । साथिभाईहरुसंगको भेटघाटले मन प्रशन्न हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विलासी सामान खरिद गर्न मन जोनछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । प्रतिस्र्धात्मक कार्यको सफलताका निम्ति अधिक मेहन गर्नु पर्ने हुन्छ । सामान्य स्वास्थ्य समस्याले सताउन सक्नेछ । साथीभाईका कारण अधुरा कार्यमा सफलता पाउनु हुनेछ । परिवारको साथ, सहयोग मिल्नेछ । ब्यापार ब्याबसायमा राम्रो रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । आँट शाहसमा कमि आउनाले कार्य सम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ ।

तुला राशि (र, रि, ?, रे, रो, ता, ति, तु, ते)
सभासम्मेलन जन्य कार्यमा मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । पारिवारिक साथ, सहयोगमा कमी आउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वह?ले प्राप्त गर्नेछन । नजिकका मित्रजनह?सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांह?को निबारण हुने दिन रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक अभाव झेल्नु पर्ने हुन सक्दछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । यात्रा गर्ने अवसर आउनेछ । काम गर्ने क्रममा दबावको महसुस हुनेछ । अध्ययन अध्यापन क्षेत्रमा राम्रो रहेको छ । नजिकका साथीभाईले धोका दिन सक्दछन् । प्रतिस्पर्धात्म क्रियाकलापमा हार व्यहोर्नु पर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा