मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

कात्तिक २९ गते मंगलबार (नोभेम्बर १५ तारिख) को राशिफल हेर्नुहोस्, जय गणेश भगवान् !


  • KTM Khabar
  • सोमबार, कार्तिक २८ २०७९
4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक २९ गते मंगलबार (इश्वी सन २०२२ नोभेम्बर १५ तारिख) मार्गशीर्ष कृष्ण पक्ष सप्तमी तिथी तिष्य नक्षत्र शुक्ल योग भद्रा करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक साथ,सहयोग पाइनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यापारको क्षेत्रमा राम्रो रहेका छ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । सभा सम्मेलनमा मान सम्मान प्राप्त गर्ने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रहरुसंगको सम्बन्धमा दुरी बढ्नेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा सावधानी अपनाउनु होला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नु नै राम्रो होला । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको प्रभावमा कमी आउन सक्ला । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापन ठिकै रहनेछ । नयाँ लगानिमा भने सजग रहनु होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आय आम्दानिमा राम्रो रहेको छ । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आउन सक्नेछ। पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अरुको छिटो बिश्वास गर्नाले धोका हुन सक्नेछ । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । कार्यसम्पादनमा समस्या आउन सक्छ । तपाईद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्धि हुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ । मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनहरुको सहयोगमा अधुरा कार्य पुरा हुने याेग रहेकाे छ । अनावश्यक कामका लागि समय ब्यतित हुन सक्छ । आफुले आटेका कार्यमा सामान्य ब्यबधान आउन सक्छ । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । सामुहिक काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ लगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा