आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक २६ गते शनिबार (इश्वी सन २०२२ नोभेम्बर १२ तारिख) को राशिफल हेर्नुहोस्ः
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । सिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनशिलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
स्वास्थमा सामान्य खराबि आउनाले मानसिक रुपमा समस्या आईपर्न सक्छ । बाेलीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको सहयोगमा बृद्धि हुने योग छ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजग रहनु पर्ने समय रहेको छ । वादविवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानी क्षेत्र मध्यम रहनेछ । बाैद्धिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ने याेग छ । । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
अपरिचित ब्यक्तिहरुको बिश्वास गर्नाले धाेका पाइनेछ, सजग रहनु हाेला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
नयाँ लगानीकाे क्षेत्रमा राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगले गरिरहेको काममा बिशेष फाइदा पुग्नेछ । बिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
सामाजिक काममा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरणबाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरुसंगकाे सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिस्पर्धिहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरिएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने हुन सक्छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।