सोमबार, माघ २३ २०७९
ताजा अपडेट

हेर्नुहोस् कात्तिक २२ गते मंगलबार (नोभेम्बर ८ तारिख) को राशिफल, जय गणेश !


  • KTM Khabar
  • सोमबार, कार्तिक २१ २०७९
4.5K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक २२ गते मंगलबार (इश्वी सन २०२२ नोभेम्बर ८ तारिख) कार्तिक शुक्ल पक्ष पूर्णिमा तिथी भरणी नक्षत्र व्यतीपात योग वालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा मुशल योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु मन्वादि,कात्तिकस्नान समाप्ति, चर्तुमासव्रत समाप्ति, थानकोट वाणस्थली त्रिवेणी स्नान, वराहक्षेत्र धार्मिकमेला समाप्ति, सिलगढी शैलेश्वरीजाँत, गुरुनानक जयन्ती,निम्बार्काचार्य जयन्ती, सकिमनापून्हि , खग्रास चन्द्र ग्रहण चन्द्रोदय साझ ५ः११ बजे उन्मीलन साँझ ५ः२७ बजे मोक्ष ६ः३४ बजे सर्वपर्व १ घण्टा २३ मिनेट ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सबारी साधनको यात्रामा विशेष ख्याल गर्नुहोला । वाणीका कारण केही विवाद उत्पन्न हुन सक्दछ । अधिक परिश्रमबाट मात्र कार्य सफल हुनेछ । अधिक खर्च हुने योग रहेको छ । आफन्तको साथ, सहयोग पाउनु हुनेछ । नयाँ कार्यको थालनीका लागि आट, शाहस बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नजिकका व्यक्तिहरुसंगको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जीवनसाथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सभा, सम्मेलन जस्ता कार्यमा मान, सम्मान बढ्नेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्धि हुने योग बनेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धिहरु कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शारिरिक आलस्यपनले सताउनेछ । पारीवारिक साथ सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्धत पूग्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनात्मक कार्य मन जानेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धिहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । मित्रहरुबाट सहयोग प्राप्त हुनेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्धि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । बोलीको प्रभावमा बृद्धि हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि आउनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ । मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शारिरिक आलस्यताले सताउनेछ । अरुको बिश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आफन्तहरुको साथ सहयोगमा कमी आउनेछ । नयाँ कर्य गर्नका लागि मन जानेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानी गर्दा विशेष ध्यान दिनुहोला । मनमा चञ्चलतापन आउनेछ । जीवनसाथीसंगको सम्बन्धमा मनमुटाव हुन सक्दछ । व्यापार व्यावसायमा राम्रो रहेको छ । साथीभाईहरुसंगको भेटघाटमा बढि समय खर्च हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । अपुरा कार्यहरु पुरा हुनेछन् । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । प्रियजनहरुको सहयोगमा कमी भएको महसुस हुनेछ । बौद्धिक व्यक्तिहरुसंग भेटघाट हुनेछ । निर्णय लिने क्षमताको बृद्धि हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा