आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक १७ गते बिहीबार (इश्वी सन २०२२ नोभेम्बर ३ तारिख) को राशिफल हेर्नुहोस्ः
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तहरुको साथ सहयोगमा कमी आउनेछ । नयाँ कर्य गर्नका लागि मन जानेछ । शारिरिक आलस्यताले सताउनेछ । अरुको बिश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । मनमा खिन्नपनको बोध हुनेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्यको थालनी गर्नका लागि विशेष ध्यान दिनु होला । शारिरिक आलस्यताले सताउनेछ । मनमा चञ्चलपन आउनेछ । साथीभाईहरुसंगको सम्बन्धमा दुरी बढ्नेछ । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । व्यापार ब्यावसायमा राम्रो रहेको छ । खर्च बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ लगानी गर्न जोश, जागर चल्नेछ । बोलीको प्रभाव बढ्नेछ । अरुलाई विश्वास गर्नाले सामान्य अपजस सहनु पर्ने हुन्छ । नसोचेको स्थानको यात्रा तय हुनेछ । सामाजिक कार्यमा मन जानेछ । मान्यजनहरुको सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक अभावको सामाना गर्नु पर्ने हुन्छ । खराब संगतका कारण सामान्य झमेला उत्पन्न हुनेछन् । प्रतिस्पर्धीहरु बढ्नेछन् । बोलीको प्रभावमा कमी आउनेछ । एक्लोपनको महसुस हुनेछ । कुरा काट्नेहरुको संख्या बृद्धि हुनेछन् । शारिरिक आलस्यताले सताउन सक्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा अब्बल बन्नुहुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्धत पुग्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । बिलासी सामान खरिद गर्न मन जानेछ दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक मनोरञ्जन क्षेत्रमा बढि सयम व्यतित हुनेछ । नयाँ कार्य लगानीका लागि उत्तम रहेको छ । सामाजिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । अधुरा कार्यहरुलाई पुरा गर्ने आएको छ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्धिहरु कमजोर बन्नेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारीवारको साथ सहयोगद्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल्यांकन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ। भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला ।