मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

हेर्नुहोस् कात्तिक २ गते बुधवार (अक्टोबर १९ तारिख) को राशिफल, हलेसी महादेवले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • मंगलबार, कार्तिक १ २०७९
6.1K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ कार्तिक २ गते बुधबार (इश्वी सन २०२२ अक्टोबर १९ तारिख) कार्तिककृष्ण पक्ष नवमी तिथी तिष्य नक्षत्र पश्चात अश्लेषा नक्षत्र साध्य योग गर करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मान्यजनहरुसंग तिक्तता उत्पन हुन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । पूराना मित्रजनहरुसंगको भेटघाटले मन प्रशन्न रहनेछ । सवारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सभासम्मेलन जन्य कार्यमा सहभागीता हुने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बोलीको प्रभावमा कमी आउनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । सामुहिक कार्य गर्न मन जानेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिलासी सामान खरिद गर्न मन जानेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनेछ । प्रतिस्पर्धिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला पर्नेछ । मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलीका कारण आफन्त जनहरुसंग तनाब उत्पन्न हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सभा सम्मेलन जन्य कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरुसंगको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । बिलासी सामान खरिद गर्न मन जानेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ । परिवारको साथ सहयोग पाउनु हुनेछ । प्रियजनहरुसंगको भेटघाटले मन पशन्न बन्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । आट र साहशको कमी महसुस हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा