आज श्री शाके १९४४ बि.स.२०७९ असोज ३१ गते सोमबार (इश्वी सन २०२२ अक्टोबर १७ तारिख) कार्तिककृष्ण पक्ष सप्तमी तिथी पश्चात अष्टमी तिथी पुनर्वशु नक्षत्र शिव योग वव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा धुम्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अष्टमीव्रत,गोरखकालीपूजा अन्तर्राष्ट्रिय गरीबी उन्मुलन दिवस ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विश्वास गरिएको व्यक्तिबाट धोका हुन सक्दछ । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नु पर्नेछ । साथीभाईसंगको निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिरहेको कार्यमा अधिक आम्दानी बढ्नेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जीवनसाथीसंगको सम्बन्धमा सामान्य खटपटको अवस्था श्रृजना हुन सक्नेछ । विश्वास गर्न लायक व्यक्ति पाउन मुस्किल पर्नेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना साथीभाईसंग भेटघाट हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोलीको प्रभावमा कमी आउनेछ । प्रतिस्पर्धात्क कार्यमा अब्बल बन्नुहुनेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा मन जानेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेमी प्रेमिका विचको सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्धामा अब्बल बन्नु हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तत्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ । आर्थिक अभावको सामान गर्नु पर्नेछ । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ । अपुरा कार्य पुरा गर्न राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परीश्रमको उचित मुल्यांकन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । आफुले मानेका व्यक्तिहरुबाट खासै सहयोग नआउन सक्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । बिलासी सामान खरिद गर्न मन जानेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाईहरुको सम्बन्धमा सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ । कार्य सफल बनाउन अधिक मेहनत गर्नु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवारबाट टाढाँ भएको महसुस हुनेछ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नु होला । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रतिस्र्धात्मक कार्यमा सफल हुन अधिक मेहनत गर्नु पर्ने हुन्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहनेछ । परिवारिक सुख प्राप्त गर्ने योग रहेको छ । जीवनसाथीसंग खासै कुरा नमिल्न सक्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ ।