मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

हेर्नुहोस् असोज २६ गते बुधवार (अक्टोबर १२ तारिख) राशिफल, जय कालिञ्चोक माता !


  • KTM Khabar
  • मंगलबार, असोज २५ २०७९
2.5K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ असोज २६ गते बुधबार (इश्वी सन २०२२ अक्टोबर १२ तारिख) कार्तिककृष्ण पक्ष तृतिया तिथी भरणी नक्षत्र वज्र योग वव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रेमी प्रेमिका विचको सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्धामा अब्बल बन्नु हुनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँ कार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा मन जानेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक अभावको सामान गर्नु पर्नेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अपुरा कार्य पुरा गर्न राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दामा अबल बन्नु हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफुले मानेका व्यक्तिहरुबाट खासै सहयोग नआउन सक्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल्यांकन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिलासी सामान खरिद गर्न मन जानेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सफल बनाउन अधिक मेहनत गर्नु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । साथीभाईहरुको सम्बन्धमा सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्य व्यक्तिहरुबाट खासै सहयोग मिल्ने छैन । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । आलस्यपनको महसुस हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रतिस्र्धात्मक कार्यमा सफल हुन अधिक मेहनत गर्नु पर्ने हुन्छ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवारबाट टाढाँ भएको महसुस हुनेछ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नु होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारको साथ सहयोग पाउनु हुनेछ । प्रियजनहरुसंगको भेटघाटले मन पशन्न बन्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारिक सुख प्राप्त गर्ने योग रहेको छ । जीवनसाथीसंग खासै कुरा नमिल्न सक्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय गर्ने क्षमता मा कमि आउनेछ । आट र साहशको कमी महसुस हुनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभाव बढ्नेछ। सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा