सोमबार, माघ २३ २०७९
ताजा अपडेट

असोज २४ गते सोमबार (अक्टोबर १० तारिख) को राशिफल, जय पशुपतिनाथ !


  • KTM Khabar
  • सोमबार, असोज २४ २०७९
3.1K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स. २०७९ असोज २४ गते सोमबार (अक्टोबर १० तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिस्पर्धिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साझेदारी कार्यमा हात नहालेकै बेश रहनछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
आजको कार्यले भोलीलाई फाइदा रहनेछ । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आम्दानि मध्यम रहला । जीवनसाथीकाे साथ सहयोगले आम्दानी क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध केही खटपट हुनसक्छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
मान्यजनको साथ सहयोगले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । आयको क्षेत्र बढ्नेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबनसाथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना छ । शारिरीक आलस्यताको हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बाैद्धिक क्षेत्रका ब्यतित्वसंगकाे संगतले मन प्रशन्न रहला । आम्दानीकाे क्षेत्र मध्य रहन्छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मान सम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा