आइतबार, माघ २२ २०७९
ताजा अपडेट

हेर्नुहोस् असोज २२ गते शनिवार (अक्टोबर ८ तारिख) को राशिफल, जय दक्षिणकाली माता !


  • KTM Khabar
  • शुक्रबार, असोज २१ २०७९
7.5K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स. २०७९ असोज २२ गते शनिवार (अक्टोबर ८ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारसंग सम्बन्ध झनै राम्रो रहनेछ । ब्यापार व्यावासाय सुरुवात गर्न उत्तम रहेको छ । नयाँ कार्यको थालनी गर्नका लागि विशेष ध्यान दिनु होला । शारिरिक आलस्यताले सताउनेछ । मनमा चञ्चलपन आउनेछ । साथीभाईहरुसंगको सम्बन्धमा दुरी बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । मनमा खिन्नपनको बोध हुनेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्य गर्न रुची जानेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारिरिक आलस्यताले सताउनेछ । अरुको बिश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आफन्तहरुको साथ सहयोगमा कमी आउनेछ । नयाँ कर्य गर्नका लागि मन जानेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चाडो क्रोध उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । व्यापार ब्याबसायमा आम्दानी बढ्नेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय खपत हुनेछ । मान्यजनहरुको सल्लाहमा गरेको कार्यमा सफलता पाउनु हुनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर आउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कुरा काट्रने ब्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्याले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । अरुलाई चाडो विश्वास गर्नाले धोका हुन सक्नेछ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ लगानी गर्न जोश, जागर चल्नेछ । बोलीको प्रभाव बढ्नेछ । अरुलाई विश्वास गर्नाले सामान्य अपजस सहनु पर्ने हुन्छ । नसोचेको स्थानको यात्रा तय हुनेछ । सामाजिक कार्यमा मन जानेछ । मान्यजनहरुको सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीभाईहरुसंगको भेटघाटमा बढि समय खर्च हुनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानी गर्दा विशेष ध्यान दिनुहोला । मनमा चञ्चलतापन आउनेछ । जीवनसाथीसंगको सम्बन्धमा मनमुटाव हुन सक्दछ । व्यापार व्यावसायमा राम्रो रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा