मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

हेर्नुहोस् असोज २१ गते शुक्रवार (अक्टोबर ७ तारिख) को राशिफल, जय मनकामना माता !


  • KTM Khabar
  • बिहिबार, असोज २० २०७९
3.1K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स. २०७९ असोज २१ गते शुक्रवार (अक्टोबर ७ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । अपुरा कार्यहरु पुरा हुनेछन् । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । प्रियजनहरुको सहयोगमा कमी भएको महसुस हुनेछ । बौद्धिक व्यक्तिहरुसंग भेटघाट हुनेछ । निर्णय लिने क्षमताको बृद्धि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्य गर्न मन जानेछ। मान्यजनको सहयोगबाट भाग्योदयको योग रहनेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । कार्य गर्नका लागि जोश जागर बढेर आउनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक भेटघाटमा बढि समय ब्यतित हुनेछ । सन्तान सुखको योग रहेको छ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । नयाँ कार्य गर्न मन जानेछ । गरिरहेको कामबाट सामान्य तनाबको सामना गर्नु पर्नेछ । अधिक मेहनतबाट मात्र कार्य सफल हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तजन तथा मित्रजनहरुसंगको सम्बन्धमा झनै सामिप्यता बढ्नेछ । परिवारबाट खासै सहयोग नहुन सक्छ । साझेदारी ब्यावसायमा सामान्य मनमुटावको स्थिती बन्न सक्छ । सामान्य कार्यबाट पनि सफलता प्राप्त हुनेछ । यात्राको क्रममा मान सम्मान मिल्ने गयो रहेको छ । मान्यजनहरुको सहयोगबाट भाग्योदय हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य सफल गर्नका लागि अलि बढि धैर्यवान बन्नु पर्ने हुन्छ । स्वास्थ्यमा सामान्य गडबढि देखा पर्न सक्छ । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसाय प्रतिस्पर्धिहरुसंग खटपटको स्थिती उत्पन हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कार्य गर्नका लागि मन मन जानेछ । नयाँ साझेदारी काम गर्न खासै राम्रो रहेको छ्रैन । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन । मनमा सामान्य चिन्ताको स्थिती बन्न सक्नेछ । मित्रजनहरुसंगको सम्बन्धमा दुरी बढ्नेछ । प्रियजनहरुको सहयोमा गरिएको ब्याबसायमा लाभ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विश्वास गरेको व्यक्तिबाट धोका हुन सक्छ। निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । पारिवारिक भेटघाटमा बढि समय व्यतित हुनेछ । कार्य सफल गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । बोलीको प्रभावमा कमी आउनेछ । आफन्तजनहरुसंग सम्बन्धमा दुरी बढ्न सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जीवनसाथी विचको सम्बन्धमा सामान्य खटपटको स्थिती बन्न सक्छ । नयाँ कार्य गर्नका लागि जोश बढ्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय खपत हुनेछ । सन्तानबाट सुख मिल्नेछ । परिवारको सहयोग मिल्नेछ । मान्यजनहरुको सहयोगबाट अपुरा कार्यहरु पुरा हुने छन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सफलता लागि अधिक धैर्यवान बन्नु पर्ने हुन्छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ । मित्रजनसंगको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीमा बृद्धि हुने योग रहेको छ । पारिवारसंगको सम्बन्धमा सुधार आउनेछ । सामुहिक कार्य नगरेकै राम्रो हुनेछ । नयाँ कार्यको थालनी गर्न सहि समय रहेको छ । अधुरा कामहरु पुरा हुनेछ । आफन्तजनको सहयोगबाट कार्य सफल हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । खर्च बृद्धि हुनेछ। आय आर्जनको क्षेत्र मध्यम रहेको छ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । प्रतिस्पर्धात्म कार्यमा सफलता प्राप्त गर्न मुस्किल पर्नेछ । साझेदारी काम नगरेकै राम्रो हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामुहिक कार्य गर्न मन जानेछ । नयाँ साथीभाईबाट धोका हुन सक्नेछ । आय आर्जनको क्षेत्रमा मध्यम रहेको छ । नयाँ लगानी गर्दा दिर्घकालिन फाइदा मिल्नेछ । अरुले गरेको गल्तिमा आफुलाई अपजस आइपर्न सक्नेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा