मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

हेर्नुहोस् असोज १८ गते मङ्गलवार (अक्टोबर ४ तारिख) को राशिफल, जय गणेश !


  • KTM Khabar
  • सोमबार, असोज १७ २०७९
2.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स. २०७९ असोज १८ गते मङ्गलवार (अक्टोबर ४ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ)
खानपानका कारण स्वास्थमा सामान्य खराबी आउन सक्नेछ । मित्रजनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा खासै मन जाने छैन । प्रियजनहरुबाट साथ सहयोगमा कमी आएको महसुस हुनेछ । बौद्धिक व्यक्तिहरुसंगको भेटघाटमा बढि समय ब्यतित रहने छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारी लगानी नगरेकै राम्रो हुनेछ । मान्यजनको सहयोगबाट भाग्योदयको योग रहनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । काम गर्न थप जोश जागर बढेर आउनेछ ।पठन पाठनको सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुन सक्नेछ । नयाँ काम प्रारम्भ गर्नका राम्रो हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारीवारिक मनोरञ्जनका क्षेत्रमा बढि समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । नयाँ कार्य गर्न मन जानेछ । गरिरहेको कामबाट सामान्य तनाबको सामना गर्नु पर्नेछ । अधिक मेहनतबाट मात्र कार्य सफल हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनहरुको सम्बन्धमा झनै सामिप्यता बढ्नेछ । परिवारबाट खासै सहयोग नहुन सक्छ । साझेदारी ब्यावसायमा सामान्य मनमुटावको स्थिती बन्न सक्छ । सामान्य कार्यबाट पनि सफलता प्राप्त हुनेछ । यात्राको क्रममा मान सम्मान मिल्ने गयो रहेको छ । मान्यजनहरुको सहयोगबाट भाग्योदय हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साझेदारीमा भने सामान्य खटपटको स्थिती उत्पन हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ लगानि तथा साझेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन । मनमा सामान्य चिन्ताको स्थिती बन्न सक्नेछ । मित्रजनहरुसंगको सम्बन्धमा फाटो आईपर्न सक्दछ । प्रियजनको सहयोमा गरिएको ब्याबसायमा लाभ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नजिकका व्यक्तिहरुले धोका दिन सक्छन् । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । पारिवारिक भेटघाटमा बढि समय व्यतित हुनेछ । कार्य सफल गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । बोलीको प्रभावमा कमी आउनेछ । आफन्तजनहरुसंगको सम्धन्मा सामान्य मनमुटावको स्थिती बन्न सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पति पत्नी विचको सम्बन्धमा सामान्य मनमुटावको स्थिती बन्न सक्छ । काम गर्न थप जोश जागर चल्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय खपत हुनेछ । सन्तानबाट सुख मिल्नेछ । परिवारको सहयोग मिल्नेछ । मान्यजनहरुको सहयोगबाट अपुरा कार्यहरु पुरा हुने छन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य कार्य सम्पादनमा अधिक परिश्रम गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ब्यापार ब्याबसायमा समान्य रहेको छ । पारिवारको सहयोग मिल्नेछ । सामुहिक कार्य नगरेकै राम्रो हुनेछ । नयाँ कार्यको थालनी गर्न सहि समय रहेको छ । अधुरा कामहरु पुरा हुने योग रहेको छ । जीवनसाथीसंगको सम्बन्ध सुमधुर बन्नेछ । आफन्तजनको सहयोगबाट कार्य सफल हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारिरिक आलस्यताले सताउने छ । पारिवारिक भेटघाटमा बढि समय खर्च हुनेछ । आय आर्जनको क्षेत्र मध्यम रहेको छ । आकस्मिक आर्थिक अभावको सामना गर्नु पर्ने हुन सक्छ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । प्रतिस्पर्धात्म कार्यमा सफलता प्राप्त गर्न मुस्किल पर्नेछ । साझेदारी काम नगरेकै राम्रो हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामुहिक कार्यमा बढि समय खपत हुनेछ । नयाँ साथीभाईको खासै विश्वास नगर्नुहोला । आय आर्जनको क्षेत्र राम्रो रहेको छ । आज गरेको लगानीबाट दिर्घकालीन फाइदा मिल्नेछ । अरुका कारण आफुले अपजस सहनु पर्ने हुन्छ । नयाँ कार्य गर्दा विशेष ध्यान दिनुहोला । साझेदारी कार्यबाट लाभ मिल्नेछ । सामाजिक कार्य गर्न मन जानेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा