मंगलबार, मंसिर १३ २०७९
ताजा अपडेट

हेर्नुहोस् असोज १६ गते आइतबार (अक्टोबर २ तारिख) को राशिफल, जय कालिञ्चोक माता !


  • KTM Khabar
  • शनिबार, असोज १५ २०७९
14.7K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ असोज १६ गते आइतबार इश्वी सन २०२२ अक्टुवर २ तारीख आश्विन शुक्ल पक्ष सप्तमी तिथी मूल नक्षत्र सौभाग्य योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु सरस्वत्यावाहन नवपत्रिका प्रवेश पूलपाती रविसप्तमी बिश्व अहिंसा दिवस ।

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरुको मन जित्ने काम गनु हुनेछ । मान्यजनहरुबाट साथ सहयोग पाउनु हुनेछ । मनोरञ्जनमुलक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । बोलीको प्रभावमा कमी आउन सक्नेछ । बिलासी सामान खरिद गर्न मन जानेछ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निरन्तर गरिरहेको कार्यमा राम्रो रहेको छ । सामान्य प्रयासबाटै कार्य सफल हुनेछ । बोलीको प्रभावमा कमी आउनेछ । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । नयाँ सामान खरिद गर्न मन जानेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य खटपटको अवस्था आउन सक्नेछ ।

मीथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ खुसीको खबर सुन्न पाउनु हुनेछ । स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहेको छ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सफल गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । मानसिक चन्चताले बिद्या असफल रहला । मित्र जनको सहयोग बाट मन प्रशन्न रहला । नयाँ कामको थालनि हुन सक्छ । बोलीको कारण साथि भाई टाढिन सक्छन ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक सुख हुनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते
नजिकका साथीभाईबाट धोका हुन सक्नेछ । समयको उचित सदुयोग गर्न नसक्दा मनमा खिन्नता हुनेछ । कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु
दाजुभाईसंगको सम्बन्धमा सामान्य सुधार आउनेछ । कार्य गर्दा सामान्य झण्झट आई पर्न सक्नेछ । बिलासी सामान खरिद गर्न मन जानेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ । मालसामान हराउन सक्ला । मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफुभन्दा ठुला व्यक्तिहरुको साथ, सहयोग, माया पाउनु हुनेछ । दाम्पत्य जिवन शुखमय बित्नेछ । बोलीको प्रभावमा कमी आउनेछ। कार्यक्षेत्रमा लगाईएको लगनशिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ । ब्यापार ब्यबसायमा राम्रो रहेको छ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अकस्मात खर्च हुने हुँदा मन खिन्न हुनेछ । नजिकका व्यक्तिबाट धोका हुन सक्नेछ । नयाँ कार्यको थालनी गर्नका लागि खासै राम्रो समय रहेको छैन । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द
ब्यापार व्यावसायमा सामान्य रुपमा आम्दानीमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने हुन सक्नेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । कुरा काट्नेहरुको संख्या बृद्धि हुनेछ ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको गतिमा बृद्धि हुनेछ । परिवारका व्यक्तिहरुसंग कुरा नमिल्न सक्नेछ । सहि समयमा सहि निर्णय गर्न सकिने छ । सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा