मंगलबार, चैत्र ६ २०८०
ताजा अपडेट

हेर्नुहोस् असोज १२ गते बुधवार (सेप्टेम्बर २८ तारिख) को राशिफल, रौतामाईले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • मंगलबार, असोज ११ २०७९
3.2K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ असोज १२ गते बुधबार (इश्वी सन २०२२ सेप्टेम्बर २८ तारिख) आश्विन शुक्ल पक्ष तृतिया तिथी चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र ऐन्द्र योग तैतिल करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु ।

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
जीवनसाथीसंगको सम्बन्धमा मनमुटाव हुन सक्दछ । व्यापार व्यावसायमा राम्रो रहेको छ । साथीभाईहरुसंगको भेटघाटमा बढि समय खर्च हुनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानी गर्दा विशेष ध्यान दिनुहोला । मनमा चञ्चलतापन आउनेछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनहरुको सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । नयाँ लगानी गर्न जोश, जागर चल्नेछ । बोलीको प्रभाव बढ्नेछ । अरुलाई विश्वास गर्नाले सामान्य अपजस सहनु पर्ने हुन्छ । नसोचेको स्थानको यात्रा तय हुनेछ । सामाजिक कार्यमा मन जानेछ ।

मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनमा खिन्नपनको बोध हुनेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनसंगको सम्बन्धमा झनै सुमधुर बन्नेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बौद्धिक व्यक्तिहरुसंगको भेटघाटले नयाँ काम बन्नेछ । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलीको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
यात्रा गर्दा विशेष ध्यान दिनु होला। प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । सभा सम्मेलन जस्ता कार्यहरुमा सहभागीता मिल्नेछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान सम्मान प्राप्त हुने योग रहेको छ । नयाँ कार्य गर्न मन जानेछ । दाजुभाईहरुसंग दुरी बढ्नेछ । सामान्य स्वास्थ्यमा समस्या आउन सक्दछ । सामान्य आर्थिक अभावको सामाना गर्नु पर्ने हुन सक्दछ । सामाजिक कार्य गर्न मन जानेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । काममा सामान्य झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरिएका कामहरु सफल हुनेछन । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्रजनसंगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धिहरु कमजोर रहनाले तपाइलाई कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नु पर्ने हुन सक्दछ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बोलीको प्रभावमा कमी हुनेछ । निर्णय लिने क्षमतमा बृद्धि हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । शत्रु सबल रहनेछन । मनमा चिन्ता बढ्न सक्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा