मंगलबार, चैत्र ६ २०८०
ताजा अपडेट

हेर्नुहोस् असोज ११ गते मङ्गलवार (सेप्टेम्बर २७ तारिख) को राशिफल, जय गणेश !


  • KTM Khabar
  • सोमबार, असोज १० २०७९
7.2K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स. २०७९ असोज ११ गते मङ्गलवार ई.स. २०२२ सेप्टेम्बर २७ तारिखको राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारसंग विताएको समयबाट दिर्घकालिन उपलब्धि मिल्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । मित्रजनहरुसंग भेटघाट गर्नाले मन प्रशन्न हुनेछ । अनावश्यक खर्च बढ्न सक्दछ । कुरा काट्नेहरु धेरै पाउनु हुनेछ । तपाईलाई असफल बनाउन धेरै लागे पनि सफलता पाउनु हुने छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ लगानीबाट दिर्घकालिन फाइदा हुनेछ । जीवनसाथीबाट सहयोग मिल्नेछ । साथीभाइहरुसंग दुरी बढ्नेछ । मनोरञ्जरको क्षेत्रमा बढि समय व्यतित हुनेछ । सामाजिक कार्य गर्न मन जानेछ । सामुहिक कार्य गर्न मन जानेछ । सकारात्मक सोचको विकास हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ब्यापार ब्यावसायमा आम्दानी बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । कार्य क्षेत्रमा सफलता पाउनु हुनेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । गरिरहेको कार्यमा पदोन्नती हुने योग रहेको छ । मित्रजनहरुसंग भेटघाटमा बढि मन जानेछ । आफुभन्दा सानाबाट ठुलो सहयोग प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारको सल्लाहमा गरिएको कार्यमा सफलता पाउनु हुनेछ । नसोचेको व्यक्तिबाट धोका हुन सक्दछ । बौद्धिक व्यक्तिहरु संगको भेटघाटमा बढि समय व्यत्तित हुनेछ । सभा सम्मेलनमा मान सम्मान मिल्नेछ । गरिरहेको कार्य गर्न मन नजान सक्दछ । वेवास्ता गर्नाले आफन्तजनहरुसंगको सम्बन्धमा दरार उत्पन्न हुन सक्दछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । साथि भाईहरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरुको कुरा सुन्नका लागि झण्झट लाग्नेछ । पारिवारिक साथ सहयोगबाट आम्दानी बढ्नेछ । मान्यजनहरुको सहयोगबाट गरिएको कार्यबाट दिर्घकालिन फाइदा हुनेछ । पुराना साथीहरुसंग अप्रत्यासिक रुपमा भेटघाट हुनेछ । नयाँ कार्य गर्दा राम्रो समय रहेको छ । आट, शाहस बढ्नेछ ।

तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ लगानी गर्नका लागि उपयुक्त समय रहेको छ । पढाईको क्षेत्रमा राम्रो रहेको छ । चाडै विश्वास गर्नाले सामान्य अपजसको स्थिती बन्न सक्दछ । आर्थिक क्षेत्र सबल रहेको छ । बोलीको प्रभाव बढ्नेछ । शारिरिक आलस्यताले सताउनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खानपानका कारण स्वास्थमा सामान्य समस्या आउन सक्दछ । परिवारबाट सहयोग मिल्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित हुनेछ । साझेदारी लगानीमा गरेको कार्यमा समस्या उत्पन्न हुन सक्दछ । नयाँ कार्य थालनीका लागि आट आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारमा बिताएको समय फाईदा जनक रहला । पढाईको क्षेत्रमा राम्रो रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले सामान्य तनाब बढ्न सक्दछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्धमा दुरी बढ्नेछ। भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विश्वास गरिएका व्यक्तिबाट धोका हुन सक्दछ । प्रतियोगितात्मक गतिविधिमा सफलता प्राप्त गर्नु हुनेछ । परिवारबाट टाढा रहनु पर्ने हुन सक्दछ । आर्थिक अभावको सामान्य सामना गर्नु पर्ने हुन सक्दछ । सामुहिक कार्य गर्न मन जानेछ । साथीभाईहरुको सहयोगबाट अपुरा कार्य पुरा हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चाडो क्रोध बढ्नेछ । अपुरा कार्यमा सफलता पाउनु हुनेछ । सन्तानबाट खासै सुख प्राप्त हुँदैन । ब्यापार ब्यावसायमा राम्रो आन्दानी बढ्नेछ । पढाईको क्षेत्रमा राम्रो रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारबाट खासै सहयोग प्राप्त हुने छैन । बोलीको प्रभावमा कमी आउनेछ । शारिरिक आलस्यताले सताउनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारिरिक आलस्यताले सताउने छ । मध्य दिन पछि ब्यापार ब्यावसायमा राम्रो हुनेछ । परिवारको साथ, सहयोग पाउनु हुनेछ । खानपानका विशेष ख्याल गर्नुहोला । सकारात्म सोचको विकास हुनेछ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । परिस्थिती अनुसार आफुलाई उभ्याउन सक्नु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा