बुधबार, मंसिर १४ २०७९
ताजा अपडेट

हेर्नुहोस् असोज १० गते सोमबार (सेप्टेम्बर २६ तारिख) को राशिफल, जय पशुपतिनाथ !


  • KTM Khabar
  • आइतबार, असोज ९ २०७९
7.5K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स.२०७९ असोज १० गते सोमबार (इश्वी सन २०२२ सेप्टेम्बर २६ तारिख) आश्विन शुक्ल पक्ष प्रतिपदा तिथी उत्तरफाल्गुनी नक्षत्र पश्चात हस्ता नक्षत्र शुक्ल योग किष्तुघ्न करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा श्रीवत्स योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु मातामहश्राद्ध नवरनत्रारम्भ घटस्थापना नःलाःस्वने ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अकस्मात खर्च हुने सम्भावना रहेको छ । गरिरहेको कार्यमा सामान्य झण्झट आइपर्न सक्नेछ । स्वास्थ्यमा सामान्य समस्या आइपर्न सक्नेछ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्नेछ । शत्रु बढ्नेछन् । बोलीको प्रभावमा कमी आउनेछ । सामाजिक कार्य गर्न मन जानेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफुभन्दा साना व्यक्तिहरुबाट सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो रहेको छ । आर्थिक क्षेत्रमा सबल बन्ने अवसर पाउनु हुनेछ । नयाँ लगानी गर्नाले दिर्घकालिन फाइदा हुनेछ । बौद्धिक जमातसंगको भेटघाटमा बढि समय व्यतित हुने छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक माहोलमा बस्दा मन आनन्दित हुनेछ । दाजुभाईबाट साथ, सहयोग पाउनु हुनेछ । भौतिक साधनको प्रयोगमा बढि मन जानेछ । सामुहिक कार्य गर्न मन जानेछ । सामाजिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । शारिरिक आलस्यपनले सामान्य सताउने छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एक्कासी रिस उठ्ने हुन सक्नेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिहरुले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्रसंगको सम्बन्धमा सुधार आउनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानी गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको लगानीबाट लामो समयसम्मको लागि फाइदा हुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आम्दानीको क्षेत्र मध्यम रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा सुधार आउनेछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बोलीमा मधुरता छाउनाले प्रतिस्पर्धिहरु शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरिरहेको कार्यमा सफलता पाउन अधिक मेहनत गर्नु पर्ने हुन्छ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाईबाट साथ सहयोग प्राप्त हुनेछ । सन्तान सुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामुहिक कार्य गर्न मन जानेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । मान सम्मान प्राप्त हुने योग रहेको छ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक यात्रा गर्न मन जानेछ । मित्र तथा दाजुभाईहरुसंगको सम्बन्धमा दुरी बढ्न सक्दछ । अरुको कारण आफुलाई अपजस आइपर्न सक्दछ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । चिन्ता बढ्न सक्नेछ । परिवारको सल्लाहमा गरिएको कार्यमा भने सफलता पाउनु हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नजिकका व्यक्तिबाट धोका हुनेछ । खानपानका कारण सामान्य स्वास्थ्यमा समस्या आउन सक्नेछ । मनमा डर, त्रास बढ्न सक्दछ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला । भौतिक साधनको प्रयोगमा मन जानेछ । आफन्तहरुसंगको सम्बन्धमा सामान्य मनमुटाव हुन सक्नेछ । आम्दानी क्षेत्र मध्यम रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभाव बढ्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढनेछ । अध्ययन अध्यापनका लागि राम्रो समय रहेको छ । व्यापार ब्यावसायमा राम्रो रहेको छ । निर्णय लिने क्षमतको बृद्धि हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ । विलासी सामान खरिद गर्न मन जानेछ । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा