शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् असोज ९ गते आइतबार (सेप्टेम्बर २५ तारिख) को राशिफल, जय दक्षिणकाली माता !


  • शनिबार, असोज ८ २०७९
11.2K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ साल असोज ९ गते आइतबार (सेप्टेम्बर २५ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पुरा हुन नसकेका कार्यमा सफलता पाउनु हुनेछ । प्रतिस्र्धीहरु कमजोर बन्नेछन् । बोलीको प्रभावमा बृद्धि हुनेछ । आट, शाहस बढ्नेछ । नयाँ व्यावसायमा लगानी गर्नका लागि उपयुक्त समय रहेको छ । विलासी सामान खरिद गर्न मन जानेछ । परिवारबाट खासै सहयोग नमिल्न सक्दछ । आफुभन्दा सानाबाट गरिएको कार्यले पुर्णता पाउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिरहेको कार्य गर्न मन लाग्ने छ्रैन । साथीभाईहरुसंग झनै घनिष्टता थपिनेछ । आम्दानीसंगै खर्च पनि बढ्नेछ । शारिरि आलस्यताले सताउन सक्दछ । अरुको कारण आफुलाई अपजस आउन सक्दछ । परिवारसंगको सम्बन्धमा सामान्य मनमुटाव बढ्नेछ । दाजुभाईको सहयोगबाट गरिएको कार्यमा सफलता पाउनु हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तजनहरुसंगको सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नु पर्ने समय रहेकोछ । भुमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नु पर्ने समय रहेकोछ । सामाजिक कार्यमा मन जानेछ । निर्णय लिने क्षमतामा कमी आउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पराक्रम बढ्नेछ । कार्यमा सफलता पाउनका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । इष्टमित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोरञ्जन मुलक यात्राको योग रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरुसंगको भेटघाटले मन हर्षित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको प्रभावमा बृद्धि हुनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौद्धिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारबाट राम्रो साथ, सहयोग पाउनु हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अकस्मात खर्च हुन सक्नेछ । कुरा काट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभाबमा कमी आउनेछ । कार्य सम्पादमा सामान्य झन्झट आईपर्ला । आफन्तजनको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारिरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनहरुको सहयोगबाट गरिएको काममा सफलता पाउनु हुनेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसंगको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएता पनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्य गर्नका लागि आट, शाहस आउनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य चिन्ताले सताउनेछ। नसोचेका व्यक्तिबाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलीको प्रभावमा कमी आउनेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुने छ । गायन क्षेत्रमा रुची बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक सदस्यबाट गरिएको कार्यमा सफलता मिल्नेछ । मान्यजनहरु सहयोगबाट अधुरा कार्यमा सफलता मिल्नेछ । ब्यापार ब्यावसायको क्षेत्रमा रहेको छ । बिलासी सामान खरिद गर्न मन जानेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । साथीभाईहरुसंगको सम्बन्धमा दुरी बढ्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा