आइतबार, असोज १६ २०७९
ताजा अपडेट

असोज २ गते आइतबार (सेप्टेम्बर १८ तारिख) को राशिफल हेर्नुहोस्, जय पाथीभरा मता !


  • KTM Khabar
  • शनिबार, असोज १ २०७९
3.7K
SHARES

फाइल तस्विर

वि.स. २०७९ साल असोज २ गते आइतबार तथा ई.स. सेप्टेम्बर १८ तारिखको राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्रा गर्ने अवसर प्राप्त हुनेछ । रोकिएका कामहरु बन्ने योग रहेको छ । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । धार्मिक कार्यमा मन जानेछ । मान्यजनहरुको साथ सहयोगबाट गरिएको काममा सफलता पाउनु हुनेछ । अध्ययन अध्यापनमा खर्च बढ्नेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन सक्दछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पशु तथा चौपायबाट मनग्य फाइदा हुनेछ । कला कौशलको प्रयोगमा साथै साहित्य संगीतका क्षेत्रमा समय ब्यतित रहनेछ । अनावश्यक यात्रका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । पारीवारिक सम्बन्धमा सामान्य तिक्तता उन्पन्न हुन सक्नेछ । बिलासी साधनको प्रयोगका निम्ती अधिक खर्चको सम्भाबना रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मान सम्मानमा आँच आउन सक्नेछ । भुमि तथा बाहन सुख प्राप्त रहनेछ । पारिवारीक झोरझमेलाले सताउन सक्नेछ । भौतिक साधनको प्रयोगमा सजग रहनु होला । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नाले मन हर्षित रहनेछ । अध्यन अध्यापनमा बिताईएका समय उत्तम रहनेछन ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनहरुको अधिक निकटता अपजसको कारण बन्न सक्नेछ । अरुले गरेको कार्यको श्रेय तपाईले प्राप्त गर्नाले मन प्रशन्न रहनेछ । अधिक आत्मविश्वासका कारण मित्रजनहरुसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोगमा भुमि लाभ तथा मानसम्मान प्राप्त रहने समय रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्थित क्षेत्रमा लगाईएको लगानिको प्रतिफल प्राप्त गर्न अधिक समय पर्खनु पर्नेछ । यात्रा झन्झटिलो हुन सक्ने भएकाले बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा गरीएको कार्यका त्रुटीको अपजस भोग्नु पर्नेछ । आफ्नो घमण्डका कारण नजिकका मित्रजनहरुसंग दुरी बढ्नेछ । अरुको बिश्वासमा कुनै कार्य पूर्ण रुपमा नसुम्पिनु नै राम्रो रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले समय निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस हुनेछ । आफ्नो सामान्य लापरवाहीले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । प्रियजनहरुसंगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग पाउनु हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कलाकौशलको प्रयोगमा आफन्तजनहरुको मन जित्न सफल सकिनेछ । आम्दानिका श्रोत साधन प्राप्त रहेता पनि कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहेकोछ । अरु व्यक्तिहरुको तुलनामा आफु कमजोर भएको महसुस हुनेछ । सामाजिक कार्यमा जुट्न उत्तम समय रहेको छ । प्रतिस्पर्धात्मक कार्यका अब्बल स्थान प्राप्त रहने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानी अपनाउनु पर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भुमि तथा संचित रकममा वादविवादको समस्या उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । आम्दानिका प्रशस्त बाटाहरु फेला परेता पनि कार्यप्रतिको लगन सिलतामा भने कमी आउनेछ । सामान्य स्वास्थ्य समस्याले सताउनेछ । परिवारको साथ सहयोग पाउनु हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अहंताको बृद्धि हुनाले आफन्तजनहरुसंगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको योग रहेको छ। पुराना मित्रजनहरुसंगको भेटघाटले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । जटिल कार्यहरुको बिशेष जिम्मेवारी प्राप्त रहनाले कार्य प्रति लगनसिल रहनु पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
संचित रकम अनावश्यक क्षेत्रमा खर्च हुने सम्भाबना रहेको छ। बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नाले अरु प्रति पुर्ण जिम्बेवारी नछोड्नु उत्तम रहनेछ । मित्रजनरुको सहयोमा जटिल काममा पनि सफलता पाउनु हुनेछ । परिवारका लागि तपाईको साथ जरुरी पर्नेछ । यात्राका क्रममा सामान्य समस्या झल्नु पर्ला । अध्यन अध्यापनका निम्ती उत्तम समय रहेकोछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भोज भतेर जन्य कार्यमा तथा मनोरञ्जनात्मक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा आफनो प्रभुत्व जमाउन सफल रहिनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा जिवन साथीको सहयोग उत्तम रहनेछ । गरिहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । संचित रकम खर्च गर्नु पर्ने सम्भाबना रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा