मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

भदौ ३० गते बिहीबार (सेप्टेम्बर १५ तारिख) को राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बुधबार, भाद्र २९ २०७९
3.6K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ३० गते बिहीबार (इश्वी सन २०२२ सेप्टेम्बर १५ तारिख) आश्विन कृष्णपक्ष पञ्चमी पश्चात षष्ठी तिथी भरणी पश्चात कृत्तिका नक्षत्र व्याधात योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु षष्ठीश्राद्ध ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । प्रतिस्र्धात्म कार्यका लागि राम्रो समय रहेको छ । परिवारबाट सहयोग मिल्नेछ । साथीभाईहरुसंगको दुरी बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । निर्णय लिने क्षमतामा कमी आउनेछ । ब्यापार ब्यावसायका लागि राम्रो हुनेछ । अपुरा कार्यमा सफलता पाउनु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुका कारण अपजस आउन सक्दछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । नयाँ साथी बनाउदा ख्यल गर्नुहोला । प्रतिस्पर्धिहरुसंग सजग भएका काम गर्दा नै राम्रो हुनेछ । मनोरञ्जनमुलक कार्यमा मन जानेछ । विलासी सामान खरिद गर्न मन जानेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुरानो लगानि उठाउनका लागि उत्तम समय रहेको छ । मित्रहरुको सहयोगबाट काम गर्दा सफलता पाउनु हुनेछ । प्रतिस्पर्धामा अब्बल बन्नु हुनेछ । नयाँ कामको थालनी गर्न राम्रो रहेको छ । आयमा बृद्धि हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो रहेको छ । बोलीको प्रभावका कारण आफुभन्दा ठुलाहरुको मन जित्नु हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तजन तथा मान्यजनहरुको सहयोगमा कमी महसुस हुनेछ । भौतिक साधन प्रयोगमा बढि मन जानेछ । पारिवारिक सहयोगबाट गरिएको व्यापारमा सफलता पाउनु हुनेछ । धर्म गर्न मन जानेछ । सामुहिक कार्य गर्न मन लाग्नेछ । अरुको कुरामा विश्वास नलाग्न सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाजुभाईबाट मनग्य सहयोग पाउनु हुनेछ । इष्टमित्रहरुसंगको सम्बन्धमा सुधार आउनेछ । विलासी सामानको खरिद गर्न मन जानेछ । नजिकका व्यक्तिबाट धोका हुन सक्दछ । पुरानो साथीसंग भेटघाट हुने अवसर जुट्नेछ । धार्मिक क्षेत्रको यात्रा गर्न मन लाग्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा चन्चलता आउनेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।बोलीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथीभाईसंग सामान्य मनमुटाबको स्थिती बन्न सक्छ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरिरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको साथ सहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जीजनसाथीको सहयोगमा गरेको काममा नसोचेको सफलता पाउनु हुनेछ । साझेदारी ब्यापार ब्यवसायमा हात नहालेकै बेश हुनेछ । शारिरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धामा अब्बल बन्नु हुनेछ । आय आर्जन मुलक कार्य हुनेछ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवारबाट टाढा रहनु पर्ने हुन सक्दछ । सामाजि कार्यमा सहभागि हुने अवसर पाउनु हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रिय ब्यक्तिसंग भेटघाट गर्ने अवसर पाउनु हुनेछ । दिनैभर मन प्रशन्न हुनेछ । खर्च बढ्ने योग रहेको छ । गरिरहेको काममा सफलता पाउनु हुनेछ । पठन पाठनका लागि राम्रो रहेको छ। रचनात्मक कार्यमा मन जानेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । आयमुलक कार्यको सुरुवात हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा बढि मन जानेछ। ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय लिँदा विशेष ध्यान पुर्याउनु होला। नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च बढ्न सक्दछ । मित्रजनहरुसंग दुरी बढ्नेछ । बोलीको प्रभावमा कमी हुनेछ । शारिरिक आलस्यताले सताउनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ मित्रहरु संख्या बढाउनु हुनेछ । यात्रा गर्दा सामान्य झमेला आउन सक्दछ । मान्यजनहरुसंग गुनासो बढ्नेछ । सन्तानबाट खासै सहयोग मिल्ने छैन । पुराना साथीहरुसंग भेटघाट गर्ने अवसर मिल्नेछ । अध्ययनका लागि राम्रो रहेको छ । आज गरिएको नयाँ लगानीबाट दिर्घकालिन फाइदा मिल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा