शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् भदौ २२ गते बुधवार (सेप्टेम्बर ७ तारिख) को राशिफल, जय पाथीभरा माता !


  • मंगलबार, भाद्र २१ २०७९
10.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २२ गते बुधबार (इश्वी सन २०२२ सेप्टेम्बर ७ तारिख) भाद्र शुक्लपक्ष द्वादशी तिथी उत्तराषाढा नक्षत्र शोभन योग बव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा वज्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु वामनद्वादशी दहिदान इन्द्रध्वोजोत्थानमतछोयक निजामति सेवा दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा चिन्ता बढ्नेछ । आफन्तजनहरुको सहयोगमा कमी आउनेछ । परिवारको सदस्यमा सामान्य स्वास्थ्य समस्या आउन सक्नेछ । नयाँ कार्य थालनीका लागि उत्तम समय रहेको छ । अधिक मेहनतबाट मात्र कार्य सफल हुनेछ । बोलीको प्रभावमा कमी आउनेछ । नजिकका साथीभाई टाढा हुन सक्नेछन् ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अपरिचित व्यक्तिको विश्वास नगर्दा नै राम्रो हुनेछ । मित्रजनहरुको सहयोगबाट पुराना कामहरुमा सफलता पाइनेछ । भौतिक साधनको प्रयोगमा मन प्रशन्न हुनेछ । नयाँ कार्य गर्नका लागि आट, शाहस आउनेछ । आफ्नो कमजोरीको फाइदा अरुले लिन सक्दछन् ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाईहरुसंगको भेटघाटले मन प्रशन्न हुनेछ । मान्यजनहरुको कुरालाई वेवास्ता गर्नाले सामान्य तिक्तता हुन सक्दछ । ब्यापार व्यावसाय मध्यम रहेको छ । साझेदारी कार्य गर्दा फाइदा अरुकै हातमा पुग्नेछ । सामान्य विवादको सामना गर्नु पर्ने हुन सक्दछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमी, प्रेमिकाविच सामान्य तिक्तता उत्पन्न हुन सक्दछ । शारिरिक आलस्यताले सताउनेछ । आवश्यकताभन्दा बढि बोलेका कारण परिवारसंग सामान्य विवाद उत्पन्न हुन सक्दछ । साथीभाईसंगको दुरी बढ्नेछ । आज गरेको नयाँ लगानीको दिर्घकालीन फाइदा मिल्नेछ । मनमा चञ्चलतापन आउनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामान्य खर्च बढ्ने योग रहेको छ । स्वास्थ्यमा सामान्य गडबढि उत्पन्न हुन सक्दछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीमा रुखोपन आउनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुसंगमा यात्रा गर्ने अवसर आउनेछ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन सक्दछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मानसम्मान मिल्ने योग रहेको छ । प्रियजनको सहयोगबाट अपुरा कामहरुमा सफलता प्राप्त हुनेछ । परिवारबाट खासै सहयोेग नपाइन सकिनेछ । विलासी सामानहरुको खरिद गर्न मन जानेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । यात्रा गर्ने अवसर आउने छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामुहिक कार्य गर्न रुची जानेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढ्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । मित्रजनहरुसंग सामान्य मनमुटावको स्थिती हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा मन जानेछ । सामुहिक कार्यमा बढि समय खपत हुनेछ । कुरा काट्नेहरुको संख्या बढेर जानेछन् । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । सामान्य खर्चको सम्भाबना रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आय मूलक कार्यमा जुट्ने माध्यम आउनेछ । प्रतियोगितात्मक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । पारिवारिक साथ सहयोग पाउनु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा