शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् भदौ २० गते सोमबार (सेप्टेम्बर ५ तारिख) को राशिफल, पशुपतिनाथले सबैको रक्षा गरुन् !


  • आइतबार, भाद्र १९ २०७९
7.9K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २० गते सोमबार (इश्वी सन २०२२ सेप्टेम्बर ५ तारिख भाद्र शुक्लपक्ष दशमी तिथी मूल नक्षत्र प्रीति योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा लुम्व योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु मानवबेचविखन विरुद्धको राष्ट्रिय दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जोश जागर बढेर आउनेछ । साथीभाईहरुको सहयोगबाट गाह्रो काम सहज रुपमा सम्पन्न हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ । धार्मिक कार्यमा मन जानेछ । काम गर्दा लापरवाही गर्नाले सामान्य समस्या उत्पन्न हुन सक्छ । माल, सामान हराउन सक्दछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोलीको प्रभावमा कमी आउनेछ । आफन्तजनहरुसंगको सम्बन्धमा सामान्य मनमुटाव हुन सक्दछ । सभा सम्मेलन जस्ता कार्यमा सहभागि हुने अवसर आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । शारिरिक रुपमा आलस्यता आउन सक्दछ । खर्च बढ्ने योग रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ब्यापारमा आम्दानी बढ्ने योग रहेको छ । परिवारबाट सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सामान्य विवाद हुन सक्दछ । सभा सम्मेलनमा मान सम्मान प्राप्त हुनेछ । गरिरहेको कार्यमा सामान्य झन्झट आइपर्न सक्दछ । प्रेम सम्बन्धमा थप प्रगाढपन हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ चिन्तकहरुको संख्यामा बृद्धि हुनेछ । अधुरा कार्यहरुले पुर्णता पाउनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्दछ । मनोरञ्जनका क्षेत्रमा बढि समय खर्च हुनेछ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन सक्दछ । यात्रा गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ लगानी गर्दा दिर्घकालीन फाइदा हुनेछ । ब्यापार व्याबसायमा राम्रो रहेको छ । आम्दानी बृद्धि हुने योग रहेको छ । आय आर्जनका लागि विभिन्न श्रोत फेला पर्नेछ । अध्ययन अध्यापनका लागि राम्रो रहेको छ । विशिष्ट व्यक्तिहरुबाट सहयोग प्राप्त हुनेछ । आट, शाहस बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रामा निस्कनु पर्ने हुन्छ । मित्रजनहरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । दाजुभाई बिच सामान्य मनमुटाबको स्थिती बन्न सक्छ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य क्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको लगानीबाट दिर्घकालिन फाइदा मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । अधिक मेहनतबाट मात्रै कार्य सफल हुनेछ । सवारी साधनको प्रयोगमा बढि समय खर्च हुनेछ । खानपानमा सजग रहनुहोला जसले स्वास्थ्यमा समस्या ल्याउन सक्नेछ । कार्य क्षेत्रमा सोच अनुसारको सफलता नपाइन सकिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनहरुसंगको सम्बन्धमा सामान्य दरारको स्थिति बन्न सक्छ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुनेछ । परिवारको सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । बौद्धिक व्यक्तिहरुसंगको संगतमा बढि समय व्यतित हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफुले बोलेको कुराको गलत अर्थ लाग्नाले सामान्य झन्झट हुन सक्नेछ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारिरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मान्यजनको मन जित्न कार्य गर्न सफल भइनेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्ट मित्रसंगको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारका सदस्यहरुसंग सामान्य मनमुटावको स्थिति बन्न सक्छ । मान्यजन, इष्टमित्रहरुको सहयोगबाट अधुरा कार्यहरुमा सफलता मिल्नेछ । विलासी सामान खरिद गर्न मन जानेछ । सामुहिक कार्य गर्न मन जोनेछ । सामाजिक कार्य गर्न अवसर आउनेछ । पुराना साथीहरुसंग भेट गर्ने अवसर आउनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा